इलामको राहसल अनाथलयको भवन निर्माण धमाधम, निर्माणमा नेपाली सेनाको श्रमदान

इलाम, २२ चैतः इलामको गोलाखर्कमा रहेको राहसाल बाल अनाथलयमा भवनको अभाव देखिए पछि एक अभियान चलाएर भवन निर्माण कार्य भई रहेको छ । १५ जना बालबालिका रहेको अनाथलायको ८ कोठे दुई तले भवन निर्माणधिन अवस्थामा रहेको छ । भवन निर्माणमा राहसल बाल अनाथालय स्रोत व्यवस्थापन समिति बनाएर आर्थिक संकलन गरेर निमार्ण कार्य अघि बढाइएको हो । 
अनुमानित ६० देखि ७० लाख बजेट लाग्ने सो भवन निर्माण शुरु भए देखिनै इलाममा रहेको नेपाली सेनाको पशुपति प्रसाद गणले दैनिक श्रमदान गरिरहेको छ । नेपाली सेनाले दैनिक ५ देखी काम हेरेर ९ जना सम्मको टोली खटाएर अनाथालय बनाउनमा सहयोग गरेको हो । समाजमा सामाजिक काममा सहयोग गर्दै आएको नेपाली सेनाले इलामका अन्य क्षेत्रमा भएका सामाजिक काममा पनि अवस्था हेरी सहयोग गर्दै आईरहेको गणपति असिमदिप गुरुङ वताउनु हुन्छ । 
यसरी नेपाली सेनाले विभिन्न सामाजिक काममा सहयोग गर्दा समाजमा सकारात्मक कार्यहरु गर्न समाज उजागर भई रहेको पनि छ ।
राहसलको भवन बनाउन अझै पनि रकम संकलन गर्ने कार्य भई रहेको स्रोत व्यवस्थापन समितिका अध्यक्ष चन्द्र वहादुर हाङ्खीम वताउनु हुन्छ । उहाँले भन्नुभयो अहिले पनि रकमको त अभावै छ अनुमानित बजेज अनुसारको रकम उठेको छैन तर पनि सहयोगी मनहरुले रकम मात्र नभएर निर्माण सामग्री पनि सहयोग गरिहनु भएको छ । हामीलाई श्रममा लाग्ने सहयोग नेपाली सेनाले गरिरहेको छ यसले पनि निर्माण कार्यमा अलि सहज भएको छ । हामीले निमार्ण कर्याको लागि दैनिक २ जना मिस्त्री लगाई रहेका छौ भने बाँकी दैनिक नेपाली सेनाबाट ५ देखि ९ जना सम्म आएर सहयोग गरिरहनु भएको छ । समाजमा हुने यस्ता समाजिक कार्यमा नेपाली सेनाको सहयोग प्रशांसा योग्य रहेको छ । अवको २ महिनामा जसरी पनि भवन निर्माण सकेर वालवालिकाहरुलाई भित्र्याउनु छ त्यसैले पनि सहयोगी मनहरुलाई सकेसम्मको सहयोग गर्नु अनुरोध गर्दछौँ ।
राहसल बाल अनाथालयको भवन निर्माण कार्यमा सहयोगको लागि माइपोखरी न्युज पनि सम्पूर्ण पठकहरुलाई यथासक्य सहयोग गर्न अनुरोध गर्दछौँ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता