
इलाम, १५ बैशाखः इलामको ठूलो टुडीखेलमा यहि बैशाख २६ गतेबाट जिल्ला भलिबल संघको आयोजनमामा प्रथम इलाम आमन्त्रित नकआउट पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा १० टीम सहभागिता गराईने प्रतियाेगिता २६ गते शुरुभएएर २९ गते समाप्त हुने छ ।
प्रतियोगिताको लागि टीम दर्ता गराउन ५हजार लाग्ने छ र बैशाख २४ गते भित्र टीम दर्ता गराई सक्नु पर्ने । प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५१ हजार र दोस्रो पुरस्कार ८१ हजार रहेको छ साथै ट्रफि, मेडल र प्रमाण पत्र रहेको छ ।
जिल्लाको समग्रह खेलकुदको विकासमा टेवा पु¥याउने उद्देश्यका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा १४ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ साथै प्रतियोगितामा सहभागी टीमको खाने वस्ने व्यवस्था पनि आयोजकले नै गर्ने जानकारी आयोजक संस्थाका सचिव योगेन्द्र सुवेदीले माइपोखरी न्युजलाई जानकारी गराए ।
