१४ वर्षीय छोराले गरे बुवाको हत्या

धनकुटा । धनकुटामा एक १४ वर्षीय किशोरले आफ्नै बुवाको हत्या गरेका छन् । किशोरले शनिबार राति कोदालाको पासोले टाउकोमा प्रहार गरी हत्या गरेका हुन् ।
जिल्लाको शहीदभूमि गाउँपालिका ४ पिप्लेमा विज्ञान राईले ५५ वर्षीय बुवा इन्द्रबहादुर राईको हत्या गरेका हुन् । बेलुका साढे ७ बजे विवाद हुँदा उनले हत्या गरेको प्रहरी चौकी आँखीसल्लाले जनाएको छ ।
विज्ञानलाई पक्राउ गरी शनिबार राति नै जिल्ला प्रहरी कार्यालय धनकुटा पठाइएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले घटनाबारे अनुसन्धान भइरहेको बताएको छन् । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा लगिदै छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता