विश्वकप क्रिकेट आज नेपाली समय अनुसार ३ः१५ बजे, उदघाटन खेलमा इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

इलाम, १६ जेठः विश्वकप क्रिकेटका खेलहरु आजबाट शुरु हुँदैछन् । नेपालीहरुलाई पनि अव करिब एक महिना सबैको ध्यान क्रिकेटमा केन्द्रित गराउने छ । अहिले  सबै टिम इंग्ल्यान्ड पुगिसकेका छन् । यो विश्वकपमा पहिला खेलहरु लिगम्याच हुने र सवै टीमले सवै टीम सँग खेल्नु पने छ । प्वइन्ट डेवुलमा शिर्ष चार स्थानमा भएका टीमले सेमिफाईनल खेल खेल्ने छन् । 
विश्वकप क्रिकेटको आज नेपाली समय अनुसार ३ः१५ बजेबाट लण्डनको किनिङटोन ओभलमा भब्य उद्घाटनसँगै इंग्लायन्ड र दक्षिण अफ्रिकाको खेल शुरु हुनेछ ।  आफ्नो पहिलो खेलमै घरेलु समर्थकका साथ जीतको लक्ष्यमा इंग्ल्यान्ड मैदानमा उत्रने तयारीमा छ  । 
अहिलेसम्म इंग्ल्यान्डले तीन पटक फाइनल खेलेको छ । तर तीनै फाइनलमा अभागी सावित भएको छ । त्यस्तै, दुई पटक सेमिफाइनलबाट बाहिरिएको छ । इंग्ल्यान्ड सन् १९७९, १९८७ र १९९२ मा विश्वकपको फाइनलमा पुगेको थियो । यसपाली इंग्ल्यान्ड टिम बलियो छ । 
त्यस्तै  दक्षिण अफ्रिकाको पनि ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्ष बलियो छ । यो पटकको विश्वकप उपाधिको दाबेदार टिममध्येकै एक दक्षिण अफ्रिका पनि हो ।
यि दिुई टीमको पछिल्ला अन्तर्राष्ट्रिय पाँच प्रतिस्प्रदाको भेटमा  हेर्नेहो हो भने  ३ खेल दक्षिण अफ्रिकाको पक्षमा गएको छ भने २ खेल इंग्ल्यान्डको पक्षमा छ । आफ्ना पाँच अन्र्तराष्ट्रिय प्रतियोगीतमा आफ्ना ५ ओटै खेल जितेको दक्षिण अफ्रिका उच्च मनोवलका साथ मैदानमा उत्रने छ । इंग्लायण्डले भने आफ्ना पछिल्ला ५ खेलमा १खेल हारेको छ ।
दक्षिण अफ्रिकाको लागि विश्वका राम्रा वलर वलरहरु कागिसो रवडा, इमरान ताहिर, डेल स्टेन जस्ता बलहरु छन् । स्पीनरको वललाई राम्रो नखेल्ने व्याट्समेनको लागि इमरान ताहिर घातक हुन सक्छन् भने रवडाको गति र स्टेनको स्वङले  पनि इंग्लेण्डका व्याट्समेनलाई हैरान बनाउन सक्छ । दक्षिण अफ्रिकका कप्तान फाफ् डु प्लेसी, क्युटन डि कक, हसिम अमला जस्ता राम्रा व्याट्समेन इंग्ल्यान्डका वलरको लागि खतरा बन्न सक्छन् । 
दक्षिण अफ्रिकाका व्याट्समेनहरु कप्तान एन मोर्गन, आईपिएलमा धमाल मचाएका जोनी बैरस्टो, जो रुट, विस्फोटक व्याट्मेन जोस बटलर, अलराउण्डर मोइन अली, वेन स्टोक्स र  बलरहरु जोफ्रा आर्जर, क्रिस वोक्सहरुले इंग्ल्यान्डका व्याट्समेनलाई सहजै आउट गर्न सक्छन् । 
यसरी हेर्नहो भने दक्षिण अफ्रिका र इंग्ल्यान्ड विच हुने आजको खेला काँटाको टक्कर हुने देखिन्छ । इंग्ल्याण्डले होम ग्राउण्डको फाईदा उठाउँदै प्वाइट जोड्ने दाउमा छ भने उसकै होम ग्राउण्डमा हार चखाउने दाउमा दक्षिण अफ्रिका पनि खेल मैदानमा उत्रने छ ।
विश्वकपका लागि इंग्ल्यान्ड टिम
इन मोर्गन (कप्तान), जोनी बैरस्टो, टोम कुरान, लियाम प्लुंकेट, जो रुट, बेन स्टोक्स, क्रिस वोकस, मोइन अली, जोस बटलर, आदिल रशिद, जासन रोय, मार्क वोड, जोफ्रा आर्चर, जेम्स भिन्स र लियाम डवसन ।
विश्वकपका लागि दक्षिण अफ्रिका टिम
फाफ् डु प्लेसिस (कप्तान), डेभिड मिलर, डि कक, हसिम अमला, ऐडन मारक्रम, रसिइ भान डेर डुसेन, जेपी डुमिनी, क्रिस मोरिस, कागिसो रबडा, इमरान ताहिर, डेल स्टेयन, लुन्गी नगिडी, डवान प्रेटोरियस, तब्राइज शाम्सी र एन्डिल फेहलुकवाओ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता