सम्वन्धित निकायले चासो नदिदा पासो बन्दैछ विकास

गोबिन्द पौडेल
रोङ, १४ जेठः मानिसकैलागि निमार्ण गरिएको कतिपय विकासे कार्यहरु मानिसकै लागि पासो बन्ने गरेको छ ।
दुर्घना हटाउन नसकेपनि घटाउन सकिन्छ तर सरोकारवला र जिम्मेवार पक्षले यसकोबारेमा ध्यान नदिदा कतिपय बिकासले बिनास समेत गरेको छ । गत सातामात्रै सुयोदय  नगरपालिका वडा नं ६ तारगाउमा सामान्य साबधानी नअपनाउदा बाटो निमार्णको क्रममा एक वालकको मृत्यु भएको गतिलो उदाहरण बनेको थियो ।
इलामको ग्रामिण क्षेत्रहरुमा बिगतमा गाडीएको बिजुलीको काठेपोलहरु समेत अहिले आएर बिकासे पासोको रुपमा रहेको छ । सूयोदयन गरपालिका वडा नं ६ तारगाउको पुरानो स्कुल डाँडा नजिकै मुलसडक छेउमानै रहेको एउटा बिजुलीको पोल लडेर खनिउको रुखमा अड्किएको  महिनौ भयो तर यसको बारेमा कसैले चासो दिएका छैनन् । दिनहु सैयौ मानिसहरुको ओहोर दोहोर हुने सो स्थान मात्र हैन तारगाउकै माथिल्लो गोलाइमा रहेको पोल धुप्किो बोटमा अड्किएको छ तर यसको मर्मत गर्न बिद्युत प्राधिकरणले चासो नदिदा उक्त पोलहरु पासोको रुपमा परिणत हुदैछ । 
यी पोलहरुको बारेमा स्थानिय नागरिकहरुले नेपाल बिद्युत प्राधिकरणलाइ जानकारी गराइएपनि अहिलेसम्म केही नभएको स्थानिय बासीहरुको भनाइ रहेको छ । यी त देखिने उदाहरण मात्रै हो यस्ता काठेपोल र लाथ्रोहरु इलामको गाउगाउमा सयौको संख्यामा रहेको छ । कतिपय स्थानमा त रुखमानै तार बिस्तार गरेर पनि बिजुली बालिदै गरेको दृश्हरु देख्न पाइन्छ । अहिलेसम्म यस्ता जोखिम बिकास न त जनप्रतिनिधिहरु न त प्रधिकरणलेनै देखेका छन् । यस समस्याको बारेमा नेपाल बिद्युत प्राधिकरण फिक्कलमा सम्पर्क गर्दा प्राधिकरणले आवश्यक्ता अनुसार हेर्ने र फेर्ने गरेको प्राबिधिक प्रमुख बिबेक देबले बताए । यो समस्याको बारेमा प्राधिकरण हेरिसकेको यस्ता जिर्ण पोलहरुको फोटो र स्थानिय निकायको सिफारीस आएमा तुरुन्तै काम गर्ने बताए । स्थानिय बासीहरुले भने प्राधिकरणले शुल्क लिनमात्रै हैन बिद्युत बिस्तार र बितरण गरिएको स्थानहरुमा नियमित अवलोकन गरेर आवश्यक मर्मत गरेमा जोखिमको न्युनिकरण हुने बताउछन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता