लागुऔषध सेवन गरेकै अवस्थामा खैरो हिरोइनसहित तीन पक्राउ

रत्ननगर,  लागुऔषध खैरो हिरोइनसहित पूर्वी चितवनको रत्ननगरबाट लागुऔषध सेवन गरेकै अवस्थामा तीन पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रत्नगरका अनुसार उनीहरुलाई बुधबार राति रत्ननगर नगरपालिका–७ स्थित बाघमार प्रहरीले पक्राउ गरेको हो ।
रत्ननगर–४ का रमेश पाण्डे, रत्ननगर–७ का रामु परियार र रत्ननगर–१ का नारायण श्रेष्ठ लागुऔषध सेवन गरेकै अवस्थामा लागुऔषध खैरो हिरोइनसहित पक्राउ परेका हुन् ।
कार्यालयबाट खटिएको टोलीले दुई दशमलव ७४ ग्राम खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरेको र उनीहरुमाथि आवश्यक अनुसन्धान गरी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता