एउटा आशा लिएर मृत्यु सँग लडिरहेका इलाम माङसेवुङका “आशिष”

  • जीवन लिम्बू 

वैशाख २१, काठमाण्डौ: मान्छेको सबैभन्दा ठूलो सम्पति भनेकै उसको स्वस्थ हो । स्वास्थ्य शरिर भए हरेक सपना पुरा हुन्छ । संसार जित्न सकिन्छ । स्वस्थ्य शरीर नै नभए सबै तिर केवल अन्धकारनै देखिन्छ । जिन्दगीमा मानिसले आफु र आफ्नो परिवारको खुशीका निम्ती जस्तो सुकै चुनौतीको पनि सामना गर्न तयार हुन्छ । 
अक्सर भन्ने गरिन्छ नि हरेस नखानु भनेर । तर जिवनमा कुनै पनि बाटो नदेखिएपछि । सबै बाटो बन्द हुन थालेपछि हरेस पनि खानु पर्दो रहेछ । जिन्दगी त्यतिबेला दिक्दार लाग्दो हुन्छ । जतिबेला शरिरका पार्टपुर्जाले काम गर्न छोड्न थाल्छन् । बाह्य घाउ त सबैले देख्छन् । तर भित्री दर्दलाई रोगी आफैले महशुष गरिरहेको हुन्छ । हरपल छट्पटिन्छ ऊ । एक आशाको किरण पालेर । कि कोही त होला जस्ले मलाई सपोर्ट, माया, स्नेह दिई बचाउन सक्छ । यो यही पिडामा छटपटिरहेका छन् यतिवेला आशिष सुनुवार । 
इलाम जिल्ला साविक इभाङ गाविस वडा नं. ६ (सिङ्लावू) हाल माङसेवुङ गाउँपालिका वडा नं. ३ निवासी सुनुवारको अहिले दुई वटै मृगौलाले काम गर्न नसक्ने अवस्थामा पगेका छन् । श्रीमती र एक छोरी भएका उनी वाच्न हरदम कोशिस गरिरहेका छन् । सहिद धर्मभक्त राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्र भक्तपुरमा उनको उपचार भईरहेको छ । उनको उपचारका लागि अस्पतालले छिटो भन्दा छिटो मृगोला प्रत्यारोपणा गर्नु पर्ने जनाएको छ । 
केवल उनी बाँचीरहेछन् परिवारको खुशीका निम्ती । 
उनि अर्थात दुवै मृगौला पिडित सुनुवार केही वर्ष अघि कामको शिलशिलामा बहराईन पुगेका थिए । त्यहाँ पुगेपश्चात केहि समय त काम गरे उनले । तर पछि उनको शरिरनै उनका लागि घातक बन्यो । जुन सपना बोकेर गएका थिए सुनुवार । काम गर्दा गर्दै अचानक उनि बिरामी हुन पुगे । र नेपाल फर्के । र मोरङको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफ्नो स्वास्थ्य चेक जाँच गरे अनी छाँगा बाट खसे उनी । जब उनलाई थाहा भयो आफ्नो दुवै मृगौलाले काम गर्न छाडेको छ, तव उनी निरास वन्दै गए । उनि काम गर्न नसक्ने भए । सामान्य परिवारमा जन्मेका सुनुवार परिवारका खुशीका निम्ती विदेशीएका थिए । परिवारका जेठा छोरा समेत रहेका उनले परिवारमा पनि आशा थियो जेठो छोरा विदेश गएको छ । तर यति वेला परिवारको खुसीका लागि वाच्न चाहान्छन् । उनी भन्छन् “मलाई बाँच्न मन छ । मलाई बचाईदिनुहोस । 
अस्पतालका अनुसार सुनुवारको नियमित डायालाईसिस अथवा मृर्गौला प्रत्यारोपण गर्नु पर्ने छ । मृर्गौला प्रत्यारोपण गर्न कम्तीमा २० लाख रुपैया लाग्ने छ । र यसका लागि सुनुवार स्वयमले सहयोग मागेका छन् ।। सहयोगि भावनाका व्यक्तिहश्रका लागि आशिषको भाई मनिस सुनुवारको हिमालयन वैंकमा रहेको खाता नं. निम्न रहेको छ ।
०२८०६८३६७१००१२  
हिमालयन वैंक लिमिटेड
सबैमा सहयोगको अपेक्षा गर्दछौ ।।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता