
झापा, २१ बैशाखः इजि केयर मोन्टेस्वरी होम मेचीनगर नगरपालिका –९ धुलाबारीले शुक्रबार मातातीर्थ औंसी मनाएको छ । इजि केयरले विद्यार्थी र अभिभावकको सहभागितामा मातातीर्थ औंसी मनाएको हो ।
“हामी सिकाउँदै छौँ संस्कार” नारालाई आत्मासाथ गर्दै आएको इजि केयरले हरेक चाडपर्व विद्यार्थीसँगै मनाउँदै आएको छ । मातातीर्थ औंसी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइदँै आएको पर्व भएकाले कार्यक्रम गरिएको इजि केयर मोन्टेस्वरी होमकी प्रिन्सिपल सपना प्रसाईंले बताइन् ।
आमाप्रति सम्मान र आमालाई सम्झने दिनका रुपमा मातातीर्थ औंसीलाई लिइने भएकाले यिनै आमा जस्ले संसार देखाईन्, पाईला चाल्दै ताते ताते गर्न सिकाईन, गर्भमा राखेर जन्माईन अनि काखमा राखेर पालिन भन्ने ज्ञान विद्यार्थीमा स्थापित गराउने उद्देश्यले यस प्रकारको कार्यक्रम गरिएको विद्यालयका फाउण्डर मात्रिका ओडारीले बताए ।

इजि केयरमा अध्यनरत् नानीहरुले सम्पूर्ण आमाहरुलाई आमाप्रति भावयुक्त सम्मानका साथ फूल, टिका, खादा लगाएर मिठाइ खुवाएर मातातीर्थ औंसी मनाएका थिए । आमाको महिमा प्रस्तुत गरिएको यस प्रकारको कार्यक्रम पूर्वमा नै पहिलो पटक विद्यालयले सञ्चालन गरेको उपस्थित अभिभावकले बताए । कार्यक्रममा २०० बढी आमा र इजि केयरका विद्यार्थीको सहभागिता रहेको थियो ।