यस्तो बन्यो कृशल कँडेल र मीनराज पौडेलको ‘बरिलै’ (भिडियो सहित)

काठमाडौं । गायक कृशल कँडेल र मिनराज पौडेलको आवाजमा रहेको ‘बरिलै’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
लोक फ्युजन शैलीको उनीहरुको यस युगल गीतमा संगीत, स्वयम गीतकार नृपेश उप्रेतीको रहेको छ । लामो समयदेखि गीत गजल लेखनमा सक्रिय नृपेशले पहिलो पटक आफैले यस गीतमा संगीत भरेका भरेका छन् ।
गीतको संगीत संयोजन युवा संगीतकार एवं गायक पुरुषोत्तम सुवेदीको रहेको छ । भिडियोलाई प्रबिन थापाले निर्देशन गरेका हुन् । भिडियोमा गायकद्वय कृशल र मिनराजले चर्चित मोडल करिष्मा ढकालको साथमा फिचरिङ गरेका छन् ।
भिडियोलाई उत्कृष्ट बनाउन निकै मेहेनत गरेको निर्देशक थापा बताउँछन् । नमराज घिमिरेले छायाङकन गरेका भिडियोमा शक्ति प्रज्वल घिमिरेको सम्पादन र कलर रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता