एशियन लाईफको उपशाखा इलामको मंगलबारेबजारमा

इलाम, ९ जेठः एशियन लाईफ इन्योरेन्सको उपशाखा कार्यालय इलामको मंगलबारेमा एक कार्यक्रमका विच प्रदेश संसद् राम राना मगरले उद्घाटन गरेका छन् । सूर्य राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि रहेका रानाले विशेष अतिथि देउमाई नगरपालिकाका नगर प्रमुख सूर्य पोख्रेलसँग संयुक्त रिवन काटेर उद्घाटन गरेका हुन । प्रमुख अतिथि रानाले नेपालीहरुले विमा गर्न आवश्यक रहेको र सम्पूर्णलाई विमा कम्पनीहरुको विमा पोलेसीको जानकारी लिएर विमा गर्न अनुरोध समेत गरे । कार्यक्रममा इलाम शाखाका शाखा प्रवन्धक गणेश तिम्सीनाले स्वगत मन्तव्य राखेका थिए । तिम्सीनाले मतव्य राख्दै विमा क्षेत्रको आवश्यकता र महत्वमाथि प्रकाश पार्दै एशियन लाईफको उपशाखा स्थापना सँगै त्यस क्षेत्रका वसिन्दालाई सहजहुने वताए । 
उद्घाटन कार्यक्रमा देउमाई नगरपालिका ४ का वडा अध्यक्ष राजेन्द्र वाँस्तोल, वडा नं. ३ का अध्यक्ष दावा तामाङ, वडा नं. ५ का दिलिप कार्की, वडा नं.९ का वडा अध्यक्ष प्रेमसागर बराल, मंगलबारे स्वास्थ्य चैकीका प्रमुख तुलसी प्रसाद पोख्रेल,  लगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रम पछि अन्तक्र्रिया कार्यक्रमा सहभागिहरुले देउमाई नगरपालिकामा आएको पहिलो विमा कम्पनी भएकोलेले सवैले एशियन लाईफलाई धन्यवाद दिएका थिए ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता