चिनियाँ रेल नेपाल आउने भन्दै चलेको चर्चाप्रति चीन ‘आश्चर्यचकित’, चिनियाँ राजदूत अचम्मित

काठमाडौं,१० जेष्ठ । चीनले आजै वा भोलि नै झै गरेर नेपालमा चिनियाँ रेल सञ्जाल आउनेबारे जारी चर्चालाई ‘आश्चर्यजनक’ भएको बताएको छ ।
बालुवाटारस्थित चिनियाँ दूतावासमा आज सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले भौगोलिक विकटताका कारण अत्यन्त जटील रहेको रेल परियोजनामा वैज्ञानिक दृष्टिकोण आवश्यक रहेको बताउनुभयो । उहाँले काठमाडौंमा भइरहेको रेल बहसले आफूलाई समेत अचिम्मत बनाएको समेत प्रष्ट पार्नुभयो ।
चिनियाँ रेल नेपाल ल्याउने योजना आर्थिक रुपमा पनि महँगो हुने भन्दै राजदूत यान्छीले दृढ संकल्पका साथ कामलाई निरन्तरता दिँदै जाँदा विभिन्न चरण पार गरेर रेल नेपाल भित्रनेमा भने विश्वस्त रहन आग्रह गर्नुभयो । मंसिरमा कार्यभार सम्हालेयता पहिलो पटक पत्रकार सम्मेलन गर्नुभएकी राजदूत यान्छीले सम्भाव्यता अध्ययनपछि मात्रै रेलमा चीनले अनुदान दिने/नदिने बारे छलफल हुन सक्ने पनि स्पष्ट पार्नुभयो ।
यस्तै, राजदूत यान्छीले भूकम्पपछि पूर्णरुपमा बन्द भएको तातोपानी नाका मालवाहक सवारी साधन सञ्चालनका लागि मात्र अर्को साता अर्थात जेठ १५ देखि खुल्ने जानकारी दिनुभयो । नेपालतर्फको बाटो मर्मत गरेर त्यो नाकालाई अझ बलियो बनाएर लैजाने विषय नेपालकै भूमिकामा निर्भर हुने समेत उहाँको भनाइ थियो ।
न्युज२४ बाट साभार गरिएको
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता