झापामा गुड्दै गरेको टेम्पोमा आगलागी

झपा, ११ जेठः पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोडमा गुड्दै गरेको टेम्पोमा शनिबार आगलागी भएको छ ।
बजाज कम्पनीको मे. १ ह ४५३४ नम्बरको टेम्पोमा आज शनिबार अपरान्ह इलाका प्रहरी कार्यालय अनारमनी नजिकै आगलागी भएको हो ।
आगलागीबाट टेम्पो पूर्णरुपमा जलेर क्षति भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।आगलागी हुनासाथ बिर्तामोड नगरपालिकाको बारुण यन्त्रले आगो नियन्त्रणमा लिएको थियो ।
टेम्पो चालक अर्जुनधारा ११ का खगेन्द्र बस्नेतले के कारणले आगलागी भएको भन्ने थाहा नभएको बताएका छन्
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता