सूर्योदय मेयरकपः आयोजकको बिजयी शुरुवात

इलाम, ११ जेठः इलामको पर्यटकिय नगरि सृर्योदय नगरपालिकामा  आज बाट  दोस्रो मेयरकप  आमन्त्रण  फुटबल प्रतियोगिता २०७६ शुरु भएको छ । आज भएको उद्धघाटन खेलमा अर्जुनधारा नगरपालिका झापालाई ४ ० को फराकिलो गोलअन्तरले हराउँदै आयोजक  सुर्योदय नगरपालिका क्वाटर फाईनलमा प्रवेश गरेको छ । बिजयी सूर्योदयका लागि सँगम योल्मु , पेम्बा योल्मु ,सँजोक खड्का र आशिष राईले १, १ गोल गरेका थिए । प्रतिकुल मौषमका बावजुत सम्पन्न आजको खेलको बिजेताले सेमिफाईनल प्रवेशका लागि झापाको शिवसताक्षी नगरपालिका सँग ज्येष्ठ  १३ गते प्रतिष्पर्धा गर्ने  छ । 
खेल पयर्टनको बिकास गर्ने उद्धेश्यले सूर्योदय नगरपालिकाको आयोजनामा शुरु भएको उक्त प्रतियोगितामा नौवटा टीमको सहभागीता रहेको  आयोेजक समितिका संयोजक पेमाउर्गेन लामाले बताए ।   प्रतियोगीतामा सूर्योदय नगरपालिका ,इलाम नगरपालीका,देउमाइ नगरपालिका,अजुनधारा नगरपालिका,दमक नगरपालिका,कन्काई नगरपालिका,माई नगरपालिका, दमक नगरपालिका, शिबसताक्षी नगरपालिका र मेचीनगरपालिका सहभागी टिमहरु रहेका छन् ।
करफोक उच्च माबीको खेलमैदानमा शुरु भएको प्रतियोगितामा प्रथम हुनेलाइ दुइलाख नगद,ट्रफी  प्रमाणपत्र  र उपबिजेतालाइ एकलाख नगद,ट्रफी र प्रमाणपत्र   रहेको छ । त्यस्तै उत्कृष्ट खेलाडी , गोलरक्षक,सर्वाधिक गोलकर्तालाई जनही ८ हजारका दरले दिने समेत आयोजकले जनाएको छ ।  छ ।
उत्त प्रतियोगीता सम्पन्न हुदा सम्म २० लाख ८१ हजार १ सय ९८  खर्च हुने आयोजकले अनुमान गरेको छ  छ । उत्त खेल मैदानलाई रङ्गशाला बनाउनको लागी प्रदेश सांसद क्षेत्र बिकास कोषबाट १० लाख र  अखिल नेपाल फुटबल संघको १० लगानी गरिएको र आगामी दिनमा नगरपालिकाले समेत लगानी गरेर रङ्गशाला बनाईने बताईएको छ ।
नगरपालिकाकी कार्यबहाक अध्यक्ष दुर्गा देवि भट्रराईको अध्यक्षता एवम प्रदेश न. १का प्रदेश सभासद माननिय काजिमान कागतेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उल्लेखिय दर्शकको उपस्थिती थियो । प्रमुख अतिथीले खेलका मुख्य रेफ्रि लोकराज ढुँगानालाई बल हस्तान्तरण गरी खेलको उद्धघाटन गरेका थिए । १८ गते फाईनल हुने प्रतियोगिता अन्तर्गत भोलि २ वटा खेल हुनेछन । जसअन्तर्गत हुने पहिलो खेलमा देउमाई नगरपालिका इलाम र दमक नगरपालिका झापा बिच हुनेछ भने दोश्रो खेलमा इलाम नगरपालिका इलाम र कन्काई नगरपालिका झापा बिच हुने जनाईएको छ ।  रेडियो बुद्धबाणीबाट 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता