सार्वजनिक सवारी साधनमा २०प्रतिशतसम्म भाडा बढ्यो

काठमाडौ । सरकारले सार्वजनिक सवारी साधनमा भाडा वृद्धि गरेको छ।
यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले सबै खाले सवारी साधनमा लागू हुने गरी अधिकतम १२ प्रतिशत भाडा बढाइएको बताए।
विभागमा आज भएको बैठकमा सो निर्णय भएको उनले जनाए।
असार १ गतेदेखि लागू हुने गरी भाडादार बढाइएको हो।
३५ प्रतिशत इन्धन र ६५ प्रतिशत अन्य खर्चलाई तुलना गरेर वैज्ञानिक ढंगले  बढाइएको उनले जनाए। यस्तै ट्याक्सीमा फ्ल्याग डाउन (चढ्ने बित्तिकै) ५० रुपैयाँ लागू गरिएको छ। 
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आफूहरूसँग विभागले कुनै छलफल नगरेको र यी कुरा मिडियाबाट मात्र जानकारीमा आएको उनले बताए। 
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता