विश्वकप क्रिकेटः न्युजिल्याण्डको विजयरथलाई भारतले रोक्ला त ?

  • बिनय तिम्सीना

इलाम, ३० जेठः विश्वकप क्रिकेटमा आज लिगचरणको अठारौँ खेलमा भारत र न्युजिल्याण्ड आमने सामने हुँदैछन् । खेल नेपाली समय अनुसार ३ बजेर १५ मिनेटमा शुरुहुने खेल  नौटिंघममा   पानी परेकाकारणा खेल माैसम सफा भए पछी शुरूहुने छ । 
दुई पटक उपाधी चुमोको भारत र एक पटक गत संस्करणमा फाईनलमा अष्ट्रेलियासँग हारेर उपाधि हात पार्नबाट चुकेको न्युजिल्याण्ड विचको खेल रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ । उपाधि दाबेदार टिमको रुपमा रहेको भारत सन्तुलित टिम हो । क्रिकेट विश्लेषकका अनुसार भारत अहिलेसम्मकै बलियो टिम भएको दाबी गर्दै आएका छन् । तर अहिले भारतका ओपनर शिखर धवनको औँलाको चोटका कारण प्लेयङ लेभेनमा छैनन् उनको ठाउँमा केएल राहुलले रोहित शर्मासँग ओपनीङ गर्ने छन् । भारतको नम्वर चारमा व्याटिङ गरिरहेका राहुल ओपनिङमा गए पछि फेरी भारतलाई नम्वर चारको समस्या परेको छ । अहिले भारतसँग दुईवटा विकल्प रहेको छ अलराउण्डर विजय शंकर र विकेटकिपर व्याट्समेन दिनेश कार्तिकमा एक जनालाई रोज्नु पर्ने हुन्छ ।कार्तिकसँग लामो अनुभव छ भने विजय सँग खेलको फिनिसिङमा रन बनाउने क्षमता रहेको छ । शिखर धवनको चोट ठीन नहुने भएमा उसको रिप्लेस गर्न भारतले पाउने छ । रिप्लेसको लागि भारतले ऋषव पन्त र आम्वाधी रायडुलाई राखेको छ । रायडुको भन्दा सम्भवना पन्तको वढी देखिन्छ । 
भारतको लागि न्युजिल्यण्डको खेलमा रोहीत शर्मा र केएल राहुलको जोडीले ओपनीङ गर्ने छ दुवैजना राम्रो लयमा देखिएका छन् । तेस्रो नम्बरका व्याट्समेन बिराट कोहली अहिले पनि विश्वका नम्बर वन व्याट्समेन हुन । चौथो नं.को लागि कार्तिक र विजय शंकरमा एकजना आउने छन् भने अन्य खेलाडीमा धोनी र केदार जाधव रहेन छन् । यदि पिचमा धेरै स्वीङ र वाउन्स भएमा भारतले अघिल्ला दुई खेलमा खेलाएको बलरहरुमा परिवर्तन गर्न सक्छ एक जना स्पीनरको ठाउँमा महोम्मद समीलाई ल्याउन सक्छ । भारतको लागि जस्प्रित बुमराह र भुवनेश्वर कुमारले राम्रो लयमा देखिएका छन् भने स्पीनर युज्वेन्द्र चाहल र कुलदिप यादवले पनि राम्रो वलिङ गरिरहेकाछन् । 
न्युजिल्याण्डको पनि टीम निकै सन्तुलन देखिन्छ उसले अघिल्ला ३ खेल जीतेर अंक तालिकाको टपमा रहेको छ । उसको लागि कप्तान केन विलियम्सन ओपनर मार्टिन गुप्टिल र कोलिन मुनरो राम्रो लयमा रहेका छन । अनुभवी व्याट्समेन रोस टेलरले पनि राम्रो लयमा छन् । बलरहरुमा पनि ट्रेन्ट बोल्ट, टीम साउथी, माट हनरी, लकी र्फगुसन र इश सोधी जस्ता घातक बलर छन् । मिचेल सान्टनर, कोलिन डे ग्रान्डहोम जिम्मी निशाम जस्ता खेलाडी पनि न्युजिल्यण्डसँग रहेका छन् ।  
आजको खेलमा भारत जित हात पार्दै विश्वकपमा लगातार अंक जोड्न चाहन्छ । अष्ट्रेलियाले पनि अघिल्ला २ खेलमा दुवैमा जीत हात पारेको र जीतको लयलाई बर्खरार राख्नको लागि कोशिषगर्ने छ ।
विश्वकमा यि दुई टीमको भेट हेर्नेहो भने न्युजिल्याण्ड हावी देखिन्छ दुई विच ७ पटक भेट भएको छ ४ पटक न्युजिल्याण्डले जीतेको छ भने ३ पटक भारतले जितेको छ । पछिल्ला यी दुईको ५ भेटमा ४ खेल भारतले जीतेको छ १ खेलमा मात्र न्युजिल्याण्डले जीत हात परेको छ । यो ५ भेट पनि भारत न्युजिल्याण्डको भर्खरै २०१९ को अंकडा भएकोले अहिले भारत हावी देखिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता