विश्वकप क्रिकेटः वार्नरको सतकमा अष्ट्रेलियाको जीत

इलाम, २२ जेठः जारी विश्वकपको बुधबार भएको खेलमा उपाधिको दाबेदार मानिएको डिफेन्डीङ च्याम्पियन  अष्ट्रेलियाले पाकिस्तालाई ४१ रनले हराएको छ । टस हारेर पहिले व्याटीङ गर्दै अष्ट्रेलियाल४९ ओभरमा अलआउट हुँदै  ३०७ रन बनाएको अष्ट्रेलियाले पाकिस्तानलाई ४५.४ ओभरमा २६६ रनमा समेटेको हो  ।
२०८ रनको लक्ष्य पाएको पाकिस्तानको शुरुवात राम्रो रहेन दोस्रो ओभरमा पहिलो वलमा फखर अजाम शुन्य रनमा आउट भए । पाकिस्तनमो लागि एकमात्र अर्धसतकिय पारी इमाम उल हकले खेले उनले ५३ रन बनाए निकै राम्रो लयमा देखिएका बाबर अजमले ३० रन बनाए, महोम्मद अफिजले ४६ रन कप्तान सर्फराज अहमदले ४०, हसन अलीले ३२ रन र वहाव रियाजले ४५ रन बनाए ।
पाकिस्तानलाई २६६ रनमा समेटनको लागि पट कुम्निसले ३ विकेट निकाले । मिचेल स्टार्क र मार्कुस स्टोइनिसले समान २/२ विकेट लिए कप्तान आरोन फिन्च र नाथन काउल्टर नाईलले १/१ विकेट निकालेका थिए जितसँगै ४ खेल खेलेको अष्ट्रेलियाले ६ अंक जोडेको छ ।
यस अघि अष्ट्रेलियाका लागि सर्वाधिके ओपनर डभिड वार्नरले सतकिय परी खेल्दै १०७ रन बनाए । उनले १११ बलमा ११ चौका र १ छक्का प्रहार गरे । निकै राम्रो व्याटीङ शुरुवात गरेको अष्ट्रलियाका व्याट्समेनहरु ३५ ओभर पछाडी समालिन नसक्दा ४९ ओभरमा अलआउट हुँदै  पाकिस्तान सामु ३०८ रनको लक्ष्य मात्र दिन सफल भएका हुन । शुरुवाती स्कोरको आनुमान ३५० भन्दा ज्यादा लागाईए पनि पाकिस्तातका वलर महोम्मद अमिरको सटिक वलिङले अष्ट्रेलियन व्याट्समेनलाई मुस्किल भएको थियो । 
अस्टेलियाका लागि ओपनर एरोन फिन्चले ८२ रन, स्टीप स्मीतले १०, उस्मान खावजाले १८ रन,ग्लेन म्याक्श्वेलले २० रन, मिचेल मार्सले २३ एलेब्स क्यारीले २० रन, नाथन काउल्टर नाईलले २ रन, पट कुम्मिन्सले २ रन  मिचेल स्टार्कले ३ रन बनाए र केन रिचर्डसनले १ रन बनाए । 
पाकिस्तानको लागि महोम्मद अमिरले आफ्नो १० ओभरमा ३० रन दिएर वहुमुल्य ५ विकेट निकाले उनले २ ओभर मेडन पनि फ्याकेका थिए । साहिन शा अफ्रिदीले २ विकेट निकाले भने हसन अली, महोम्मद हफिज रवाहव रियाजले समान १÷१ विकेट लिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता