वातावरण सम्बन्धी अन्तरक्रिया इलामको माई नगरपालिकामा सम्पन्न

इलाम २९ जेठः इलामको माई नगरपालिकामा चुरे क्षेत्र रहेकोले वातावरणको हिसाबले संवेदनशील रहेको माइ नगरपालिकाका प्रमुख दिपक थेबेले बताउनु भयो । माइ नगरपालिकामा सम्पन्न वातावरण संरक्षणमा महिलाको भुमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रमको समापन कार्यक्रममा बोल्दै थेबेले वातावरण मैत्री विकास गर्ने तर्फ नगरले जोड दिइरहेको बताउनु भयो ।
बन जंगल सरक्षण गर्ने र विकास निमार्ण गर्दा वातावरण संरक्षण गर्ने बारे नगरले सचेतता अप्नाउने गरेको उहाको दाबी छ ।  स्थानीय तहमा वातावरण मैत्री स्थानीय सरकारको अवधारणा माथि छलफल गर्ने उदेश्यले सहयात्रा नेपाल इलामले अन्तरक्रिया आयोजना गरेको जनाएको छ । जनप्रतिनिधीहरुलाई वातावरण सम्बन्धी नीति तथा व्यवस्था स्पष्ट बनाउन पनि कार्यक्रम आयोजना गरिएको सहयात्रा नेपालकी अध्यक्ष हेम कुमारी शिवाले बताइन । स्थानीय तहको निती तथा बजेटमा वातावरण संरक्षणमा बजेट निधारण गर्न अन्तरक्रिया कार्यक्रमले सहज बनाउने शिवाको भनाइ छ । वातावरणको विषयमा राम रिमाल र नगरले गरीरहेको वातावरण सम्बन्धी निती र कार्यक्रम बारे माइ नगरपालिकाका प्रसाशकीय अधिकृत पुरुषेत्तम घिमिरेले सहजीकरण गर्नु भएको थियोे । 
 कार्यक्रममा माइ नगरपालिकाका प्रमुख , उपप्रमुख , वडा अध्यक्षहरु , वडा सदस्यहरु तथा स्थानीय संघ सस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको समापन कार्यक्रम सस्थाकी अध्यक्ष हेमकुमारी शिवाको अध्यक्षता र माइ नगरपालिकाका प्रमुख दिपक थेबेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।  यस अघि जिल्लाको इलाम नगरपालिकामा पनि वातावरण सम्बन्धी एक दिने अन्तरक्रिया सम्पन्न गरी सकेको छ । टेवा काठमाण्डौको सहयोगमा सहयात्रा नेपालले इलाम जिल्लामा यो वर्ष वातावरण सम्बन्धी कार्यक्रमहरु संचालन गरीरहेको संस्थाकी कोषाध्यक्ष सविता पाण्डेले बताइन । सहयात्रा नेपालले जिल्लामा महिला , बालबालिका , अपाङ्गता तथा वातावरणको क्षेत्रमा काम गरीरहेको छ । इलाम रहेका कदृष्टिविहिन बालबालिकालाई अध्ययन गर्न सहयोग पु¥याउदै आएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता