विश्वकप क्रिकेटः अष्ट्रेलियाद्वारा वार्नरको सतकमा पाकिस्तानसामु ३०८ रनको लक्ष्य


इलाम, २२ जेठः जारी विश्वकपको आज उपाधिको दाबेदार मानिएको डिफेन्डीङ च्याम्पियन  अष्ट्रेलियाले पाकिस्तालाई ३०८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले व्याटीङ गर्दै अष्ट्रेलियाल ४९ ओभरमा अलआउट हुँदै  ३०७ रन बनाएको हो ।
अष्ट्रेलियाका लागि सर्वाधिके ओपनर डभिड वार्नरले सतकिय परी खेल्दै १०७ रन बनाए । उनले १११ बलमा ११ चौका र १ छक्का प्रहार गरे । निकै राम्रो व्याटीङ शुरुवात गरेको अष्ट्रलियाका व्याट्समेनहरु ३५ ओभर पछाडी समालिन नसक्दा ४९ ओभरमा अलआउट हुँदै  पाकिस्तान सामु ३०८ रनको लक्ष्य मात्र दिन सफल भएका हुन । शुरुवाती स्कोरको आनुमान ३५० भन्दा ज्यादा लागाईए पनि पाकिस्तातका वलर महोम्मद अमिरको सटिक वलिङले अष्ट्रेलियन व्याट्समेनलाई मुस्किल भएको थियो । 
अस्टेलियाका लागि ओपनर एरोन फिन्चले ८२ रन, स्टीप स्मीतले १०, उस्मान खावजाले १८ रन,ग्लेन म्याक्श्वेलले २० रन, मिचेल मार्सले २३ एलेब्स क्यारीले २० रन, नाथन काउल्टर नाईलले २ रन, पट कुम्मिन्सले २ रन  मिचेल स्टार्कले ३ रन बनाए र केन रिचर्डसनले १ रन बनाए । 
पाकिस्तानको लागि महोम्मद अमिरले आफ्नो १० ओभरमा ३० रन दिएर वहुमुल्य ५ विकेट निकाले उनले २ ओभर मेडन पनि फ्याकेका थिए । साहिन शा अफ्रिदीले २ विकेट निकाले भने हसन अली, महोम्मद हफिज रवाहव रियाजले समान १/१ विकेट लिए ।
अहिलेको विश्व कपमा ३०० रन भन्दा माथिको लक्ष्य चेस भएको छैन । आजको खेलमा पाकिस्तनलाई लक्ष्य पुरा गरेर आफुलाई विश्वकपको दावेदा सावित गर्ने पनि सुवर्ण अवसर रहेको छ भने अष्ट्रेलियालार्य पनि पाकिस्तालाई हराउँदै  आफ्नो विश्वकपको लक्ष्य मजवुद बनाउनु छ । 
पाकिस्तानसँग पनि ३०८ को लक्ष्य पछ्याउनको लागि निकै राम्रा व्याट्समेनहरु रहेका छन् ओपन इमाम उल हक,फखर जमान र बाबर अजम जस्ता राम्रा व्याट्समेन छन् । कप्तान सर्फराज अहमद र सोहेव मलिक जस्ता अनुभवी व्याट्समेनले जिम्मेवारी पूर्वक खेलेमा लक्ष्य प्राप्त गर्न सक्ने छ । अष्ट्रेलियसँग पनि मिचेल स्टार्क,पट कुम्मिन्स जस्ता घातक वलरहरु छन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता