विश्वकप क्रिकेटः शिखरको शतकमा भारतको जीत, अष्ट्रेलिया ३६ रनले पराजीत



इलाम, २२ जेठः जारी विश्वकपको चौधौँ खेला आज उपाधिको दाबेदार मानिएको भारतले  अष्ट्रेलियालाई ३६ रनले हराएको छ । भारतले टस जितेर पहिले व्याटीङ गर्दै ३५३ रन लक्ष्य दिएको थियो जवाफमा अष्ट्रेलियाले सवै विकेटको क्षतिमा ३१६ रन मात्र बनायो   । भरताका ओपनर शिखर धवनको सतकीय पारीका साथ भारतले ५ विकेटको क्षतिमा  ३५२ रन बनाएको थियो ।
अष्ट्रेलियाका लागि सर्वाधिक स्टिभ स्मिथले ६९ रन बनाए ओपनर डभिड वार्नरले ५६ रन, कप्तान एरोन फिन्चले ३६ रन उस्मान खावजाले ४२ रन,ग्लेन म्याक्श्वेलले २८ रन, एलेब्स क्यारीले ५५ रन बाहेक अन्या व्याट्समेले दोहोर अंक जोडन सकेनन । भारतका लागि सटिक वलिङ गर्दै भूवनेश्वर कुमार र जस्प्रित बुमराहले  समान ३/३ विकेट निकोले युज्ब्रेन्द्र चाहालले २ विकेट निकाले ।
भारतले यस अघि धवनको सवार्धिक ११७ रन बनए उनले १०९ बल खेल्दै १६ चैका लगाए उनीे मिचेल स्टार्कको बलमा नाथन लियोनको हातमा क्याच भए । रोहित शर्मा पनि अर्धसत बनाउँदै ५७ रनमा नाथन काउल्टर नाईलको बलमा विकेटको पछि क्याच भए । हार्दिक पाण्डेयाले आतेसी पारी खेल्दै २७ बलमा ३ छक्का र ४ चैकाको मद्दतले ४८ रन बानाए हार्दिक पट कुम्मिन्सको बलमा  आउट भए । भारतीय कप्तान विराट कोहली पनि ७७ बलमा ८२ रन बनाउँदै मार्कुस स्टोइनिसको सिकार भए । भारतीय विकेटकिपर व्याट्समेन  महेन्द्र सिंह धोनीले १४ बलमा २७ रनमा मार्कुस स्टोइनिसकै बलमा आउट भए । केएल राउहले ११ रन नट आउट बनाए ।
अष्ट्रेलियाका मार्कुस स्टोइनिसले २ विकेट निकाले भने पट कुम्मिन्स, मिचेल स्टार्क र नाथन काउल्टर नाईनले समान १/१ विकेट निकाले । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता