विश्वकप क्रिकेटः अष्ट्रेलियासामु भारतको ३५३ रनको विशाल लक्ष्य

  • विनय तिम्सीना

इलाम, २२ जेठः जारी विश्वकपको चौधौँ खेला आज उपाधिको दाबेदार मानिएको भारत र अष्ट्रेलियाबीचमा प्रतिस्पर्धा गरिरएका छन्  । भारतले टस जितेर पहिले व्याटीङ गर्दै ३५३ रन लक्ष्य दिएको हो  । भरताका ओपनर शिखर धवनको सतकीय पारीका साथ भारतले ५ विकेटको क्षतिमा  ३५२ रन बनाएको हो ।
भारतको लागि धवनले सवार्धिक ११७ रन बनए उनले १०९ बल खेल्दै १६ चैका लगाए उनीे मिचेल स्टार्कको बलमा नाथन लियोनको हातमा क्याच भए । रोहित शर्मा पनि अर्धसत बनाउँदै ५७ रनमा नाथन काउल्टर नाईलको बलमा विकेटको पछि क्याच भए । हार्दिक पाण्डेयाले आतेसी पारी खेल्दै २७ बलमा ३ छक्का र ४ चैकाको मद्दतले ४८ रन बानाए हार्दिक पट कुम्मिन्सको बलमा  आउट भए । भारतीय कप्तान विराट कोहली पनि ७७ बलमा ८२ रन बनाउँदै मार्कुस स्टोइनिसको सिकार भए । भारतीय विकेटकिपर व्याट्समेन  महेन्द्र सिंह धोनीले १४ बलमा २७ रनमा मार्कुस स्टोइनिसकै बलमा आउट भए । केएल राउहले ११ रन नट आउट बनाए ।
अष्ट्रेलियाका मार्कुस स्टोइनिसले २ विकेट निकाले भने पटकुम्मिन्स, मिचेल स्टार्क र नाथन काउल्टर नाईनले समान १÷१ विकेट निकाले ।
भारतले दिएको ३५३ रनको लक्ष्यको पिछा गर्न अष्ट्रेलियाकाको व्याटीङ लाईन निकैनै राम्रो छ । ओपन कप्तान आरोन फिन्च, ओपनर डभिड वार्नर र उस्मान खावजा, जस्ता राम्रा  व्याट्समेनहरु छन् । तर भारतिय स्पीनरहरु कुलदिप यादव र युज्बेन्द्र चाहालले पासा पल्टाउन सक्छन् । भूवनेश्वर कुमार र जस्प्रित वुमराहा पनि निकै राम्रो लयमा रहेका छन् 
पाँच पटक उपाधि उचालेको अष्ट्रेलीय र २ पटक उपाधी चुमोको भारत विचको खेल निकैनै रोमाञ्चक हुने अनुमान लागउन सकिन्छ । उपाधि दाबेदार टिमको रुपमा रहेको भारत सन्तुलित टिम हो । क्रिकेट विश्लेषकका अनुसार भारत अहिलेसम्मकै बलियो टिम भएको दाबी गर्दै आएका छन् । यता अष्ट्रेलिया पनि एक अनुभवी टीमकोरुपमा लिइन्छ अष्ट्रेलियाले विश्वकपमा २ खेल खेली सकेको छ र दुवैमा जीत हात परेको छ । अष्ट्रेलिया यस अघिको खेलमा विश्वकपमा कम्जोर मानिएको टीम अफगानस्तानलाई हराएकोथियो भने पहिलो खेलमा वेष्ट इन्डिजलाई हराएको थियो । एक खेलमात्र खेलेको भारातले भने विश्वकपमा सन्तुलन गुमाउँदै गरेको राम्रो टीम दक्षिण अफ्रिकालाई हराएको थियो ।  
यि दुई टीमको अघिल्ला ५ भेटमा पछिल्ला ३ खेल अष्ट्रेलियाले जीतेको छ भने २ खेल भारतले जीतेको छ । 
आजको खेलमा भारत जित हात पार्दै विश्वकपमा लगातार अंक जोड्न चाहन्छ । अष्ट्रेलियाले पनि अघिल्ला २ खेलमा दुवैमा जीत हात पारेको र जीतको लयलाई बर्खरार राख्नको लागि कोशिषगर्ने छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता