मानेभञ्ज्यांग क्षेत्रमा वृक्षरोपन कार्यक्रम सम्पन्न

मानेभञ्ज्यांग, २६ जेठः मानव उत्थान सेवा समिति दार्जीलिंग मण्डलीले माँनेभञ्ज्यांग क्षेत्रको मेघमा चित्रेको रमणीय पाखामा वृक्ष रोपन कार्यक्रम सम्पन्न गरयो।उत्तर पुर्वांचल क्षेत्र समिति अधिन मण्डलीद्वारा आज सम्पन्न गरिएको कार्यक्रमको प्रथम चरणमा वाइजीहरू चाँद वाइजी, देविका वाइजी, कंचन वाइजी, निलम्बरी वाइजी, अलकनन्दजी र सहयोगी वाइजीहरूको अगुवाईमा प्रार्थना गरियो।दार्जीलिंग मण्डल अधिन कालेबुंग,खर्साग,दार्जीलिंग,मिरिक बिजनबारी अनि मंग्पु तहसिलका ५००अधिक समिति कार्यकर्ता र भागवत भक्तहरू सहभागि बनेर उक्त वन क्षेत्रमा ८०० बोट विरूवा रोपन गरयो। वन विभाग टंग्लु रेंज आरओ अर्जुन शर्मा, विट अफिसर धुर्व छेत्री, सुरधन तामांग लगायत वाइजी र समिति कार्यकर्ताहरूले गुराँस, धुपी र विभिन्न प्रजातिको वृक्षहरू रोपन गर्ने कार्य सम्पन्न गरयो। रूख पात रोपेर पर्यावरणको संरक्षण दिशामा सबै लागीपर्ने आव्हान गर्दै उक्त वन क्षेत्रलाई राज राजेश्वरी स्मृति वन क्षेत्रको नाम घोषणा गरिएको समितिका उपु उपाध्यक्ष प्रकाश हांगखिमले अवगत गराए। बड़दो वन विनास तथा प्रदुषणले पर्यावरण जस्तो महत्वपूर्ण कुरामा उत्पन्न जटिल समस्याको निवारण गर्न मानव जाति सचेत बनेर अघि आउन पर्ने आवश्यकतामाथि समितिले विशेष जोर दिएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता