अकालमा गयो इलाम सूर्योदयकी बिबिताको ज्यान

फिक्कल, २६ जेठः इलामको सूर्योदय नगरपालिका वडा नम्बर ९ ढोडे निबासी २१ बर्षीय बिबिता तामाङको हस्पिटलमा मृत्यु भएको छ । ५ दिन पहिला पेट दुखेकाले झापाको कन्काई हस्पिटल पुर्याइएकी तामाङको उपचारमा डाक्टरको लापरबार्हीका कारण मृत्तु भएको बिबिताका बाबु दावा तामाङले बताएका छन् । शनिबार बेलुका मृत्यु भएकी तामाङलाई मृत घोषण नगरी अन्यत्र  रेर्फर गरेको परिवारले जनाएको छ । हस्पिटलले भने यहाँ जाती नहुने भन्दै शनिबार बेलुका बिराटनगरको नोबेल मेडिकल अस्पताल रेफर्र गरेपछि बाटोमा लादाँ लादै मृत्यु भएको हस्पिटल  प्रशासनले जानकारी दिएको छ । मृतकका आफन्तले बिबिताको हस्पिटलमा  बेलुका नै मृत्यु भइसकेको तर हस्पिटलले  मृतक घोषण बाटोमा गरेको बताएका छन् । अहिले कन्काई हस्पिटल तनाबग्रस्त छ हस्पिटल भित्र मृतकका आफन्तले क्षतिपुर्ति पाउनुका साथै डाक्टरलाई काबार्हीको माग गर्दै  घेराउ गरिरहेको मृतकका छिमेकी मानबिर लाप्चाले बताएका छन् । हस्पिटल  प्रशासन भने मौन रहेको लाप्चाको भनाई छ । पहिला उपचार गर्दा जाती हुन्छ अन्यत्र लानु पदैन अवस्था सामान्य छ भनेर डाक्टरले भनेकाले हामी ढुक्कले  बस्यौ तर हामीलाई हस्पिटलले फसायो डाक्टरको लापरबाहीले बिबिताको अकालमा ज्यान गर्यो आँखाबाट आशु झार्दै मृतकका बाबु दावा तामाङले बताएका छन् ।
रेडियो वुद्धवाणीबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता