इँटाले हिर्काएर श्रीमतीको हत्या

कपिलवस्तु । कपिलवस्तुमा एक व्यक्तिले श्रीमतीलाई इँटाले हिर्काएर हत्या गरेका छन् । जिल्लाको आइतबार अपराह्न ४ बजेतिर वाणगङ्गा १ बुङ्चीकी ३९ वर्षीया गीता चौधरीको ४९ वर्षीय श्रीमान् अगमानले हत्या गरेका हुन् ।’
जिल्ला प्रहरी कार्यालयका अनुसार इँटा लागेर घाइते भएकी उनलाई अस्पताल लगिएको तर प्रादेशिक अस्पताल बुटवलले उनलाई मृत घोषणा गरेका हुन् ।
अत्यधिक मादक पदार्थ सेवन गरेर घरमा आएका श्रीमानलाई श्रीमतीले गर्दा उनीमाथि इँटा प्रहार भएको प्रहरीले जनाएको छ । अगमानलाई प्रहरीले हिरासतमा राखेको छ । दम्पती दैनिक काम गरेर खाने मजदूर रहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता