विश्वकप क्रिकेटः सन्तुलन गुमाएको दक्षिण अफ्रिकाले रोक्ला त वेष्ट इन्डिजका गेललाई ?

इलाम, १७ जेठः विश्वकप क्रिकेट प्रतियोगितामा आज वेष्ट इन्डिज र दक्षिण अफ्रिका विचको खेल हुँदै छ ।  दुई पटकको विश्वकप उचालेको  वेष्ट इन्डिजको सामना गर्न एक पटकपनि विश्वकप नजीतेको  अभागी टीमको रुपमा लिएको दक्षिण अफ्रिका तयार रहेको छ । यी दुई टीमकोखेल आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा खेल शुरु हुनेछ ।
दक्षिण अफ्रिकाले यो विश्वकमा पहिलेका ३ खेलमा सन्तुलन गुमाएको छ । उपाधिको दावेदार भए पनि पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र दोस्रो खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको थियो । भारत सँगको खेलमा ६ विकेटले पराजय वेहोरेको छ । आफ्ना तीन खेलमा पराजित हुँदै लय गुमाएको छ । आज वेष्ट इन्डिजसँगको खेलमा पनि दक्षिण अफ्रिका पराजित भएमा अफ्रिकाका लागि विश्वकपलागि सेमिफाईनलको यात्रा लगभग समाप्त हुने छ । 
वेष्ट इन्डिज भने पहिलो खेलमा पाकिस्तानसँग जीत हात परे पनि अष्ट्रेलियसँगको खेल गुमाएको छ र लय गुमाउँदै गरेको दक्षिण अफ्रिकालाई हराएर आफु लयमा र्फकन चहान्छ । 
यी दुईको पछिल्ला ५ भेटमा ३ खेल दक्षिण अफ्रिकाले जीतेको छ भने २ खेल इन्डिजले जितेको छ । विश्वकपमा हेर्ने हो भने यिनीहरुको ६ भेटमा ४ पटक अफ्रिकाले जीतेको छ २ पटक इन्डिजले जितेको छ । 
दक्षिण अफ्रिकासँग विश्वका उत्कृष्ट ब्याट्सम्यान र बलरहरु रहेका छन् तर तालमेल नमिल्नुको कारण विश्वकपमा दक्षिण अफ्रिकाको नतिजा आफ्नो पक्षमा पार्न सकेको छै ।
कप्तान फाफ् डु प्लेसिस, हसिम अमला, डि कक, जेपी डुमिनी, डेभिड मिलर जस्ता विश्वचर्चित ब्याट्सम्यान छन् । त्यस्तै, इमरान ताहिर, कागिसो रबडा जस्ता बलर छन् । 
सन् १९७५ र १९७९ को विश्वकपको उपाधि उचाल्दै इतिहास बनाएको वेष्ट इन्डिज तेस्रो पटक विश्वकपको उपाधि चुम्ने दाउमा छ ।
दुवै टीमा म्याच वीनरहरुको कमी छैन वेष्ट इन्डिजमा क्रिस गेल अर्थात क्रिकेटका युनिभर्सल बोस छन् र अन्य पनि निकै राम्रा खेलाडीले भरिएको छ । 
कुनै पनि मैदानमा लामालामा छक्का लगाउन इन्डिका खेलाडीहरु माहिर छन् । दक्षिण अफ्रिकाको टाउको दुखाई पनि यहि वन्न सक्छ  गेल, रसेल, होप, हिटमायर जस्ता खेलाडीहरुलाई छिटै आउट गर्न नसके स्कोरवोड ४०० को पार लागउन सक्ने क्षमता राख्दछन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता