मृतक इलाम सूर्योदयका परिवार पक्ष, कनकाई अस्पताल र प्रशासनबीच सहमती

बिर्तामोड, २७ जेठः चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यू भएको भन्दै मृतकका आफन्तले आइतबार झापाको बिर्तामोडस्थित कनकाई हस्पिटल तोडफोड गरेका थिए । तोडफोड पश्चात तनावग्रस्त रहेको अस्पताल सोमबारदेखि सामान्य अवस्थामा फर्किएको छ । 
मृतक पक्ष, अस्पताल र प्रशासनबीच घटनाको दोसी पत्ता लगाइ कारबाही गर्ने सहमती भएको छ । पीडीतलाई कति क्षतीपुर्ति दिने भन्ने दूई पक्ष बीच गोप्य सहमति इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक मोहन थापाले बताए । विज्ञलाई समेत राखेर छानबिन समिति बनाउने र लापरबाही भएको पुष्टी भए उपचारमा संलग्न डाक्टरलाई काहबाही गर्ने सहमति भएको डिएसपी थापाले बताए । प्रशासन र पीडीत परिवार बीच गएराती २.३० बजे लिखित सहमति भएको थियो । शव मृतकका परिवारले बुझिसकेको डिएसपी थापाले जानकारी दिए । 
एपेण्डिक्सको समस्या भएपछि सुर्याेदय नगरपालिका ९ की २१ बर्षीया बिविता तामाङ्गलाई उपचारका लागि गत बुधबार कनकाई हस्पिटलमा भर्ना गरिएको थियो । उपचारको क्रममा आइतबार बिहान तामाङ्गको निधन भएपछि मृतकका आफन्तले चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यू भएको भन्दै आन्दोलित भएका थिए । आन्दोलनकारीले अस्पतालमा तोडफोड शुरु गरेपछि भिड नियन्त्रणकाका लागि प्रहरीले तीन राउण्ड अश्रु ग्याँस प्रहार गरेको थियो । आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा अस्पलातको झ्याल, ढोका, सिसा फुटेको छ भने फार्मेसी कक्ष, रिसेप्सन, लगायत फर्निचरका सामानमा क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता