इलाम सदमुकामा वित्तिय साक्षता अन्र्तक्रिया

इलाम, २७ जेष्ठः इलाम जिल्ला सदरमुकाम स्थीत होटल हाम्रो पोखरेलीमा प्रभु बैङ्क इलाम शाखा तथा महिला उद्यमी संघ इलामको संयुक्त आयोजनामा ‘‘सहुलियतपूर्ण कर्जाको लागी ब्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधि , २०७५” तथा वित्तिय साक्षरता सम्बन्धि जानकारी मुलक एकदिने अन्र्तक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त  कार्यक्रमलाई प्रभु बैङ्क इलाम शाखाका शाखा प्रमुख रोशन संग्रौला तथा कर्जा अधिकृत मिलन बिष्टले सहजिकरण गरेका थिए  । 
उधोग वाणिज्य संघ इलमका अध्यक्ष ईश्वर चिपालु, महिला उद्यमी संघ इलामका अध्यक्ष शुशीला सापकोटा, करदाता सेवा कार्यलय इलामका शाखा अधिकृत,  महिला उधमी विकास ईकाइ इलामका अध्यक्ष अनुजा सुबेदी, हरित नगर महिला समुह इलामका रीना घिमिरे लगायतको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका असी भन्दा बढि महिला उधमीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता