बिर्तामोडदेखी भद्रपुरसम्म चार लेनको बाटो

झापा, २७ जेठः झापाको बिर्तामोडदेखि भद्रपुर नगरपालिकासम्म चार लेनको बाटो निर्माण हुने भएको छ । बिर्तामोड– सैनिकमोडसम्म चार लेनको सडक निर्माणकार्य भने गत वर्षको असोजबाट सुरु भएको थियो । 
बिर्तामोडको मुक्तिचोकबाट सैनिकमोडसम्म २.८ किलोमिटर सडकलाई चार लेन र बाँकी दुई लेनको बनाइने ठेक्काको काम धमाधम भइरहेको छ । यसैबीच बाँकी १३.५ किलोमिटर सडकलाई समेत चारलेनको बनाउने सहमति भइसकेको प्रमुख शिवाकोटी बताउँछन् । 
प्रत्येक जिल्ला सदरमुकामलाई चारलेनको सडकले जोड्ने प्रधानमन्त्रीको घोषणपछि बिर्तामोड –भद्रपुरसम्म चार लेनको बाटो निर्माण प्रक्रिया अघि बढेको बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीले बताए ।  तीन वर्ष भित्रमा सडक निर्माण सम्पन्न हुने प्रमुख शिवाकोटीको भनाइ छ । अब चाँडै ठेक्का प्रक्रियामा जाने शिवाकोटीले बताए । 
सडक डिभिजन कार्यालय दमक र बिर्तामोड नगरपालिकाको पहलमा १६.३  किलोमिटर सडक चार लेनको हुने भएको  हो । बिर्तामोड नगरपालिकाका प्रमुख शिवाकोटीले सडककोे काम सुरु भएसँगै विकासका कामले गति लिन थालेको बताए । व्यापारीक केन्द्रको रुपमा रहेको बिर्तामोड –भद्रपुरको सडक स्तरोन्नतीको काम सुरु गर्नु राम्रो काम भएको स्थानीयको बुझाइ छ । झापाको गौरबको रुपमा निर्माण हुँदै गरेको यस सडकले विकासको काममा नयाँ फड्को मार्ने धारणा अधिकांश स्थानीयले राखेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता