पूर्वी पृतना हेडक्वाटरमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुरु

इलाम, २७ जेठः नेपाली सेना जनसम्पर्क तथा सुचना निर्देशनालयको संयोजकत्वमा पूर्वी पृतना हेडक्वाटर, इटहरीमा आज जेठ २६ गतेबाट ६ दिन अवधिको रक्षा संवाददाता अभिमुखीकरण  कार्यक्रम शुरु भएको छ ।

सेना सम्बन्धि समचार सम्प्रेषण गर्दा संचारकर्मीहरुमा थप स्पष्टता आउन सकोस भन्ने अभिप्रायले आयोजित उक्त कार्यक्रमको शुभारम्भ गर्नुहुदै पूर्वी पृतनापति उपरथी श्री समीर शाहीले यस्तो कार्यक्रमबाट मिडिया र सेना बिच प्रगाढ सम्बन्ध विकास हुने कुरा उल्लेख गर्नु भएको थियो । नं.१ प्रदेश अन्तर्गत विभिन्न मिडिया हाउसहरुमा कार्यरत २१ र रक्षा मन्त्रालयका शाखा अधिकृत १ सहित जम्मा २२ जना सम्मिलित गरी शुरु भएको उक्त कार्यक्रम अन्तर्गत नेपाली सेना तथा संवद्ध निकायहरु सम्बन्धी विभिन्न जानकारीमुलक कक्षाहरु तथा सेनाले निर्वाह गरिरहेको विभिन्न भुमिकाहरु सम्बन्धी प्रत्यक्ष अवलोकन गराउने हेतुले  स्थलगत अवलोकन भ्रमणको समेत योजना रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता