सिक्सर किंग युवराजले क्रिकेटबाट लिए सन्यास, यस्तो थियो उनको खेलजीवन

इलाम, २८ जेठः  भारतीय क्रिकेटर युवराज सिंहले अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास लिएका छन् । उनले सोमबार पत्रकार सम्मेलन गरेर सन्यासको घोषणा गरेका हुन् । युवराज सन् २००७ टी ट्वान्टी विश्वकप र २०११ को एक दिवसिय विश्वकपमा भारतले गरेको जीतको नायक रहेका थिए ।
१९ वर्षीय खेल जीवनमा ४०२ अन्तराष्ट्रिय खेल खेलेका युवराजले २०१९को विश्व कप क्रिकेट पनि खेल्ने चाहना राखेका थिए । तर उनको स्वास्थ्यले साथ नदिएपछि त्यो चाहना पुरा हुन सकेन । युवराजका धेरै प्रशंसकहरु अचानक उनले लिएको यो निर्णयले दुखी भएका छन् ।
युवराजको अन्तराष्ट्रि खेल जीवनः
युवराजले सन् २००७ को टी ट्वान्टी विश्वकमा इंग्ल्यान्ड विरुद्ध स्र्टोट वोर्डको एकै ओभरमा ६ छक्का लागउने किर्तिमान बनाएको थिए र अहिले सम्म पनि टी ट्वान्टी क्रिकेटामा १२ बलमा अर्धसतका लागउने किर्तिमान उनको नाममा रहेको छ ।
युवराजले भारतलाई सन् २०११ को विश्वकप क्रिकेटको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । सन् २०११ को विश्वकपमा एक शतक र चार अर्धशतक सहित ३ सय ६२ रन बनाएका उनले १५ विकेटसमेत लिएका थिए । उनी उक्त विश्वकपमा प्लेयर अफ द सिरिज समेत बनेका थिए । विश्वकमा एउटा खेलमा ५ विकेट र अर्धसतका उनको नाममा अझैपनि किर्तिमानको रुपमा रहेको छ । उनले आयल्र्यण्ड विरुद्ध ५ विकेट निकलेर ५० रन नटआउट बनाएका थिए । 
सन् २०११ को विश्वकप क्रिकेटको क्रममा युवराज क्यान्सरको सामना गरिरहेका थिए। तर पनि कसैलाई थाहा नदिइ अष्ट्रेलिया विरुद्धको क्वाटरफाइनल खेलमा सहभागी भएका थिए र उक्त खेलमा युवराजको ५७ रनको मद्दतमा भारतले अष्ट्रेलियालाई पराजित गरेको थियो ।
श्रीलंकाविरुद्धको फाइनल खेलमा पनि उनले २ विकेट लिएका थिए र २१ रन नटआउट बनाएका थिए ।
सन् २००० मा आफ्नो खेल जीवन शुरु गरेका युवराजले ४० टेस्ट, ३०४ एक दिवसिय र ५८ टी–२० खेल खेलेका छन् । उनले टेस्ट क्रिकेटमा ३ सतक र ११ अर्धसतक सहित १ हजार ९ सय रन बनाएका छन भने ९ विकेट पनि लिएका छन् । एक दिवसिय क्रिकेटमा उनले १४ सतक र  ५२ अर्धसतक बनाएका छन् । उनको नाममा १११ विकेट पनिरहेको छ । उले एकदिवसिय क्रिकेटमा ८ हजार ७ सय १ रन बनाएका छन् । टी–२० क्रिकेटा किङ मानिने युवाराजले  टी–२०क्रिकेटमा ८ अर्धसतका लाएका छन् र २८ विकेट पनि लिएका छन् । उनले  १ हजार १ सय ७७ रन बनाएका छन् । 
बुवाको सपना पुरा गरे युवराजलेः
युराजका वुवा योगराज सिंह पनि एक क्रिकेटर भएकाले पनि आफ्नो सपना छोराले पुरा गरोस भनेर धेरै मेहेनेत गरेर युराजलाई क्रिकेटर बनाएका हुन ।  युराजलाई सानै देखि क्रिकेटको कोचीङ दिनेकाम बुवाले गरेका हुन । भारतीय क्रिकेटका एक सफल अलराउण्डरको रुपमा युराजलाई लिइन्छ । जसको नामा लगभग क्रिकेटका सवै ट्रफिहरु छन् । उनको नाममा अन्डर–१९ विश्वकप, २००० को च्यम्पीयन ट्रफि, २००७ को टी–२० विश्वकप र २०११ को विश्वकप रहेको छ । 
भारतले सरकारको सम्मान
युवराजलाई क्रिकेटमा गरेको युगदान स्वरुप भारत सरकाले सन् २०१२ अर्जुन पुरसकार दिएको छ । उनलाई २०१४ मा भारतको चौथो सवैभन्दा ठूलो पुरस्का पध्माश्री पुरस्कार पनि दिएको छ । 
सन्यास लिदै युवराजले यसो भनेः
‘एक क्रिकेटरका रुपमा यात्रा सुरु गर्दा कुनै दिन भारतका लागि खेलौँला भन्ने लागेको थिएन। लाहोरमा मैले पहिलो शतक हानेको थिएँ। टी–२० विश्वकपमा एकै ओभारमा ६ छक्का हान्नु पनि मेरा लागि अविश्मरणिय क्षण थियो’, भावुक हुँदै उनले पत्रकार सम्मेलनमा भने ।
उनले अगाडि थपे ‘मलाई यही खेलले लड्न सिकायो,झर्न सिकायो र यसैले उठ्न पनि सिकायो ।म सानैदेखि आफ्ना पिताले भनेको बाटोमा हिडेँ र मैले देशका लागि खेल्ने उनको सपना पछ्याएँ। मेरा फ्यान जसले सदैव मेरो समर्थन गरे, म उनीहरुलाई धन्यवाद नदिई रहन सक्दिँन ।

  • विनय तिम्सीना 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता