दार्चुलामा शौचालयको सेफ्टी ट्यांकी भासिदा पुरिएर चार बालबालिकाको मृत्यु

जेष्ठ,२८ काठमाडौ । दार्जुलाको नौगढ गाउँपालिका ४ स्थित गणेश विनायक माध्यमिक विद्यालयको सेफ्टीट्यांकी भासिँदा चार जना बालबालिकाको मृत्यु भएको छ। विद्यालय बन्द रहेको समयमा  मंगलबार साढे ४ बजेतिर शौचालयको छतमा खेल्दा ५ देखि ९ वर्षसम्मका चार जना बालबालिकाको मृत्यु भएको प्रहरीको जनाएको छ ।
दार्जुलाको प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीका अनुसार अपराह्न करिब चार बजे सेफ्टीट्यांकीमाथि खेलिरहँदा ट्यांकी भासिएको थियो र सो घटनामा चार बालबालिकाको मृत्यु भएको हो।

ज्यान गुमाउनेमा अन्दाजी ८ वर्षकी निरुता ठगुन्ना, १० वर्षकी अनुष्का धामी, ५ वर्षकी युनिका ठगुन्ना र ८र९ वर्षका सुदिश धामी रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

अझै शवहरु फसेको हुन सक्ने भन्दै प्रहरी टोली तथा स्थानीयहरुले उद्धार कार्य जारी राखेका छन् ।

विद्यालयका शिक्षक जगतसिंह चैसिरले खाल्डोमा खसेका चारै जना विद्यार्थीको शव खाल्डो बाहिर निकालिएको बताए।

‘पुरानो शौचालयको खाल्डोमा बालबालिका परेछन्। खाल्डोमा पानी थिएन तर निस्सासिएर उनीहरुको मृत्यु भयो,’ उनले भने, ‘खाल्डो छोप्ने सिमेन्टको ढक्कन थियो त्यो पनि खाल्डोमा खसेछ।’

सो घटनामा अन्य केही बालबालिका परेको र घाइते भएको जानकारी आएको छ। तर, यसबारे औपचारिक जानकारी नआएको शाहीले बताए। ‘फोन सम्पर्क हुन सकेको छैन, उद्धार कार्य भइरहेको छ, घटनामा के कति मानवीय क्षति भएको भन्ने पूरा विवरण प्राप्त भइसकेको छैन,’ शाहीले भने।

उनका अनुसार स्कुलको कम्पाउन्डमै रहेको शौचालयको सेफ्टीट्यांकी जीर्ण थियो।
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता