बरबोटेका स्काउटहरु बिच “प्रहरीसंग एक दिन कार्यक्रम” सम्पन्न गदै

इलाम, २८ जेठः जिल्ला प्रहरी कार्यालय इलाममा ूप्रहरीसँग एक दिनू कार्यक्रम संचालन भएको छ । समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत मिति २०७६ साल जेष्ठ २८ गते सञ्चालन गरिएको उक्त कार्यक्रममा इलाम नगरपालिका  ५ स्थित अमर स्काउट ट्रुप बरबोटेका स्काउटहरुलाई जिल्ला प्रहरी कार्यालयमा प्रबेश देखी जनतासंग प्रत्यक्ष सरोकार राख्नो शाखाहरुको अवलोकन भ्रमण पछी अपराध नियन्त्रण तथा रोकथाम न्युनिकरण लगायतका बिषयमा जानकारी गराई सन्देश मुलक पर्चा तथा आधाभुरत सुरक्षा सम्बन्धी बुकलेट समते बिरतण गरीएको थियो। 
जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक हिरा बहादुर पाण्डेले समाजमा शान्ति सुस्व्यवस्था कायम गर्न स्काउटको भूमिकाको विषयमा जानकारी समते गराउनु भएको थियो ।
  साथै सहभागीहरुलाई साईवर अपराध, लागु औषध, बालबालिकाका लागि आधारभूत सुरक्षा, आकस्मिक नम्बरहरुको प्रयोग बारे प्रहरी निरीक्षक सन्तोष कुमार बुढाथोकीले प्रशिक्षण दिनु भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता