सिन्धुली अस्पतालमा कार्यरत डा. ढकालमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग


काठमाडौं । सिन्धुली अस्पतालमा कार्यरत चिकित्सकमाथि अस्पताल परिसरमै गालीगलोज तथा अभद्र व्यवहार भएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत डा दिवस ढकालमाथि सोमबार राति साढे ११स्३० बजे केही व्यक्तिले हातपातसहित गालीगलोज तथा अभद्र व्यवहार गरेको भन्दै नेपाल चिकित्सक संघले कारबाहीको माग गरेको छ ।

मंगलबार संघले विज्ञप्ति जारी गर्दै डाक्टर तथा स्वास्थ्यकर्मीलाई हातपात गर्नेलाई बिना धरौटी जेल चलान गरेर कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेको हो ।

संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य संस्थाको शान्तिपूर्ण वातावरणलाई आपराधिक क्रियाकलापका कारण बारम्बार असहजता प्रदान गर्ने घटनाक्रमले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मात्र नभई अन्य सर्वसाधारण नागरिकलाई समेत गम्भीर असर पुग्ने भएको हुँदा यस घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायराभित्र ल्याई कारबाही गर्न नेपाल चिकित्सक संघ, स्थानीय सरकार तथा सुरक्षा निकाय समक्ष जोडदार माग गर्दछ।”
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता