सर्वसाधरणलाई सैनिक पोशाक लागउनमा रोक

इलाम, १५ साउनः नेपालमा अव देखि सर्वसाधरणले सैनिक पोशाक लागउनमा रोक लगाइएको छ । गृहमन्त्रालयले सोमबार एउटा पत्र लेख्दै सो कुराको जानकारी गराएको हो । पत्रमा नेपाली सेनाको पोशाकसँग मिल्ने खाल्को पोसाक सर्वसाधरण तथा नेपाली सेनाबाहेकका कुनैपनि पदमा रहेका जो कोहीलाई पनि नेपाली सेनाको पोशाकसँग मिल्ने पोशाक नलगाउनु भनेको छ । 
इलाममामा पनि कुनै पनि सर्वसाधरणले सो पोशाक लगाउन नपाउने र अन्य कुनै पनि कर्मचारीले सो पोशाक लगाउन नपाउने जानकारी गराउँदै सवै सरोकारवाल र स्थानीयतह हरुमा जानकारी गराई सकिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाले वाताए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता