जनकपुरमा करेन्ट लगाएर नवविवाहित दम्पतीले गरे आत्महत्या

जनकपुरधाम । जनकपुरमा एक दम्पतीको करेन्ट लगाएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थामा बस्ने अन्दाजी २६ वर्षीय एकनाथ महासेठ र उनकी पत्नी विना महासेठले आफैँलाई खुट्टामा करेन्ट लगाएर आत्महत्या गरेका हुन् ।
घरको भित्र कोठामा चुकुल लागेको र पति पत्नी दुवैको खुट्टामा नांगो तार बेरिएर अंगालो मारेरै आत्महत्या गरेको अवस्थामा दुईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । शवलाइ अहिले पोस्टमार्टमका लागि जनकपुर अस्पतालमा राखिएको छ । घटना गम्भीर प्रकृतिको देखिएकोले अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।
महासेठ दम्पत्तिको गत बैशाख ६ मा मात्र सामाजिक परम्पराअनुसार विवाह भएको थियो ।
न्युज२४ बाट  साभार गरिएकाे 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता