इलामको गोदकमा दुर्घटनामा परेका उज्वल चौहानलाई प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाको आर्थिक सहयोग

इलाम, २ साउनः चार महिना अघि गोदकको सिलपुरमा ट्याक्टर दुर्घटनामा परेका इलाम नगरपालिका वडा १० सानो गोदकका १४ बर्षीय उज्जवल चौहानलाई  प्रवासी इलमेली जनसम्पर्क मञ्च मलेखियाले अर्थिक सहयोग गरेको छ । चैहान विगत ४ महिनादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार गराइरहेका छन् ।
गत फागुनमा स्कुलबाट घर फर्कने क्रममा इलामको सितपुरमा ट्रयाक्टर दुर्घटनामा परेको थिए । दुर्घटनामा उनी गम्भिर घाईते भएका थिए । उनको शरीरको कम्मरमुनीको भाग खुट्टा, तिघ्रा, मलासयमा गहिरो चोट लागेको थियो । उनलाई उपचारको लागि अस्पताल ल्याई पुराउदा उनको अवस्था निकै  गम्भिर थियो उपचारमा संलग्न सर्जन डाक्टर बासुदेव बास्कोटाले बताए । 
हालसम्म विभिन्न ठाउँमा  ९ वटा अपरेसन गरिएको र त्यसमध्ये हात, मलद्वार, मुत्रनली फुटेको थियो  । उपचारमा संलग्न डाक्टर बास्कोटाका अनुसार मुत्रनलीसँगै मलद्वारको समस्या भएकोले शुरुका दिनमा पेट काटेर ठुलो आन्द्रामार्फत पाइप जोडी दिसा–पिसाब गराए पनि अहिले अपरेसन पछि सुधारहुँदै गइरहेको छ।
बिरामीको स्वास्थ सुधार हुदै आए पनि उपचार खर्चले अर्को पिडा थपेको छ पारिवारिक आर्थिक स्थिति नाजुक भएकोले छोरालाई घर फर्काउन समस्या भएको र सहयोगको लागि स्थानीय सरकार संघ संस्था विद्यालय मार्फत सहयोग जुटाउदै थप सहयोगको अपिल बिरामीका बुवाले गर्दै आउनु भएको छ ।  
यसै क्रममा प्रवासी ईलामेली जनसम्पर्क मञ्च मलेसिया परिवारले रु १०३३५ रुपैया  सहयोग हस्तान्तरणका लागि झापाको बि एन्ड सि अस्पतालको बिरामीकक्षमा  देबि थलङको हातबाट रु १०३५० रुपैया सहयोग बिरामीको परिवारलाई अस्पतालको बिरामी कक्षमा  हस्तान्तरण गरिएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता