क्रिकेट संघ १ नं. प्रदेशको अध्यक्षमा इलामका मिङमा चयन

इलाम, २६ साउनः क्रिकेट संघ १ नं. प्रदेशको शनिबार भएको अधिवेशनबाट इलामका मिङमा डण्डु शेर्पाको अध्यक्षतामा १४ सदस्य समिति चयन भएको छ । विराटनगरमा भएको अधिवेशनबाट उपाध्यक्षमा मोरङका नविन घिमिरे र उदय पुरका सुनिल कार्की चयन भएका छन् । 
सचिवमा झापका मनोज कटुवाल, कोषाध्यक्षमा झापाका विरु श्रेष्ठ र सदस्यहरुमा उदयपुरका अनुप ढुंगाना, इलामका मानबहादुर राई, मोरङका प्रदिप राज पाण्डे, झापका नाराद नेपाल, इलामका गणेश खतिवडा, मोरङका अजय राजवंसी, इलामका टीकाराम पुरी, झापाका सचित आनन्द सुब्वा र सुनसरीका रमेश कुमार हलुवाई चयान भएका छन् । अधिवेशनसँगै प्रदेश नं. १ मा क्रिकेटले गतिलिने विश्वास गर्नुको साथै भौतिक पुर्वाधारहरु निर्माण हुने अपेक्ष गरिएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता