इलाम बुद्दिचाल संघको अधिबेशन सम्पन्न

इलाम, २६ साउनः इलाम जिल्ला बुद्दिचाल संघको पाँचौ अधिबेशन सप्पन्न भएको छ । साउन २५ गते इलाममा सम्पन्न अधिबेशनमा प्रदेश सांसद माननीय धिरेन्द्र शर्माको प्रमुख आतिथ्यता भएको अधिबेशनबाट याम प्रसाद लिम्बुको अध्यक्षता ९ सदस्यीय समिती गठन भएको छ । समितिको उपाध्यक्षमा प्रकाश परियार, सचिव रोसन राई, कोषाध्यक्ष होम चन्द्र गौतम, सदस्यहरु खड्ग सुब्बा, रामकुमार लिङदम, गंगा राई, कविन्द्र राई, मौसमी गुरुङ रहेका छ्न । याम प्रसाद लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बुद्धिचाल संघ केन्द्रिय उपाध्यक्ष बिदुर गौतम, जिल्ला युवा समिती अध्यक्ष नवराज शंकर, बुद्धिचाल केन्द्रिय सचिव धरम बहादुर लामा उपस्थिति रहेको थियो भने सुरेन्द्र राइले स्वागत मन्तब्य र प्रकाश परियारले कार्यक्रम संचालन गरेका थिए । त्यसै गरि नेपाल बुद्धचाल संघको आगामी अधिबेसनका लागि केन्द्रिय प्रतिनिधिको लागि प्रकाश परियार र विमल गौतमलाई छनौट गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी धिरेन्द्र शर्मा९रमण०ले बुद्दिचाल खेल सम्पूर्ण उमेर समुहले खेल्न सक्ने बौद्धिक खेल भएकोले यसको प्रबर्द्धन र विकासको निम्ति लाग्न आग्रह गरेका थिए । त्यसै गरि विशेष अतिथी विदुर गौतमले नेपाल भरी इलाममा चेसको अलग्गै महत्त्व राखेको नयाँ पुस्ता खेलाडी उत्पादनमा जोड दिनको लागि विद्यालय र क्याम्पसमा खेल विकासको लागि लाग्न जोड दिएका थिए । त्यसै गरि जिल्ला युवा समितिका अध्यक्ष नवराज शंकरले पछिल्लो समय खेल भनेर फुडबल मात्र बुझाइ हुन थालेको सम्पूर्ण खेलको एक साथ विकास गर्दै इलामलाई चेसको प्रख्यात जिल्ला रुपमा विकाश गर्न आग्रह गरेका थिए । त्यसै गरि केन्द्रिय सचिव धरन बहादुर लामले नेपालमा बुद्धिचाल खेलको विकाश र प्रबर्द्धनमा इलामको विशीष्ट भुमिका रहदै आएकोले उल्लेख गर्दै आगामी दिनमा समेत अपेक्षा गरिएको बताएका थिए ।
अघिल्लो कार्यकालमा जिल्ला समितिले एक पटक राष्ट्रिय प्रतियोगिता, एक पटक प्रदेश स्तरिय प्रतियोगिता, ४ पटक जिल्ला च्याम्पियन, २ पटक कलेज स्तरिय प्रतियोगिता, २ पटक स्कुल स्तरीय प्रतियोगिता, ५० पटक भन्दा धेरै एक दिवसीय प्रतियोगिता सम्पन्न गरेको थियो । यश अधि इलाममा अन्तर्राष्ट्रिय प्रतियोगिता समेत भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता