"यो मन ले के भन्छ"


  • गौरब पोख्रेल

खै के भनु म,
शब्द खोज्छु एक पाउँदिन,
साथ खोज्छु कसैको पनि पाउँदिन,
माया खोज्छु त्यो पनि पाउँदिन,
कति जटिल, आशु खोज्छु अँह त्यो पनि पाउँदिन ।

खै के भनु म,
आज कसरि यो अवस्थामा आइपुगे,
खै कसलाई दिउ दोष,
आफैलाई दिउँ त थाम्न नसकुला,
अरु कसैलाई दिउँ त कुनै अर्थ नरहला ।

खै के भनु म,
मनको सुर्य अस्ताउँदै छ,
र जीवन आफैँमा हराउँदै छ,
मान्छे सोच्थे जुन आफ्ना हुन्,
उनिहरु समय सँगै बिलाउँदै छन् ।

खै के भनु म,
बिर्सिउ त खोट छ ठुलो,
खोट कसैलाई बुजाउँन सक्दिन र कसैले चिन्न पनि,
अन्धा उनीहरु होइनन्, अन्धकार म मा छ ।

खै के भनु म,
हार मानिन किन कि बिश्वास थियो,
पर्खाइमा थिएँ त्यो एक दिनको,
समयले धोका दिई गयो,
मबाट मेरो जिन्दगी छिनिगयो ।

रहेन केहि अब,
थाहाछैन के को लागि बाच्ने छु,
थाहा छैन यात्रा कहाँसम्म पुग्ने छ,
थाहा त केवल आफ्नो नाम छ,
जुन अपरिचित छ र रहिहने छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता