इलाममा श्रीमतीलाई छुरा प्रहार गर्ने मोहत्तरीका दिपक कारागार चलान

इलाम, २६ साउनः जिल्ला अदालतइलामको आदेश अनुसार एक युवालाई श्रीमतीलाई छुरा प्राहार गरेको अभियोगमा कारागार चलान गरिएको छ । साउन ४ गते साँझमा  महोत्तरी  गौरीबास घर भई जिल्ला इलाम इलाम नगरपालिका वडा नं. ९ गोलबस्ती बस्ने २९ वर्षिय दिपक कोईरालाले आफ्नै श्रीमतीलाई छुरा प्रहार गरी घाइेत बनाएकोमा निजलाई पक्राउ गरी ज्यानमार्ने उद्योग कसुर अन्तर्गतको शिर्षकमा मुद्धा दर्ता गरी सम्पुर्ण अनुसन्धान पश्चात निजलाई आज सम्मानित इलाम जिल्ला अदालत इलाममा पेश गर्दा सम्मानित इलाम जिल्ला अदालत इलामको आदेशले  पुर्पक्षको लागी कारागार चलान गरेको हो ।   

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता