पोखराको मिनी मार्केटमा आगलागी हुँदा ३० भन्दा बढी सटरहरु जलेर नष्ट

पोखरा । पोखराको न्युरोड स्थित भाटभटेनी नजिकैको मिनी मार्केटमा आगलागी भएको छ । करीब ४ बजेको समयमा न्युरोडको एक मिनी मार्केटमा आगलागी भएको हो ।
आगलागीबाट मिनी मार्केटका ३० भन्दा बढी सटरहरु नष्ट भएको र ठूलो जनधनको क्षति भएको छ । एस मिनी मार्केटमा रहेको फम तथा कार्पेट पसलबाट आगो लाग्न सुरु भएको आशंका गरिएको छ । यद्यपी आगो के कारणले लाग्यो भन्ने पत्ता लाग्न सकेको छैन ।
आगो निभाउनका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय जुटेका थिए । आगलागीबाट करोडौंको सामान जलेर नष्ट भएको र त्यहाँ रहेका रेष्टुरेन्ट, इलेक्ट्रिक पसल, फर्म हाउस, चस्मा पसल, क्याफे लगायतका सम्पूर्ण पसलहरु पूर्ण रुपमा जलेका छन् ।
आगो नियन्त्रणमा लिन करीब २ घण्टा समय लागेको थियो । आगलागी नियन्त्रण गर्नका लागि पोखरा महानगरपालिकाका ३ वटा बारुणयन्त्र र पोखराका स्थानीय खानेपानी ब्यवसायीका ट्याङ्करहरु प्रयोगमा ल्याइएका थिए । आगोलागीबाट यत्ति नै क्षति भयो भन्ने ऐकिन गर्न नसकिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहले जानकारी दिएका छन् ।
आगो अहिले पूर्ण रुपमा नियन्त्रणमा आएको पनि शाहले जानकारी दिए । आगलागीबाट कुनै पनि मानविय क्षति नभएको पनि उनले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता