रवि लामिछानेसहित ३ जनालाई अदालतमा प्रस्तुत गरिँदै

चितवन, ८ भदाै । न्युज २४ टेलिभिजनको सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अर्बी युवती अस्मिता कार्कीलाई आज पुनः अदालतमा पेश गरिँदैछ । 
हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दोश्रोपटक थप गरेको ५ दिनको समय सकिएपछि तीनै जनालाई सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गर्न लागिएको हो । उनीहरुलाई अझै रिहा गर्ने, हिरासतमा राख्नेगरी म्याद थप गर्न माग गरिने वा मुद्दा दायर गरिने भन्नेबारे भने टुंगो लागिसकेको छैन ।
अनुसन्धान सकिएको वा बाँकी नै रहेको भन्नेबारे चितवन प्रहरीले केही बताएको छैन । रविको तर्फबाट बयान गर्दै आएका कानुन व्यवसायीले भने बयानको कुन व्यहोराले म्याद थप गर्नुपर्ने हो भन्ने स्पष्ट नभएको भन्दै फेरि हिरासतमै राखिरहनुपर्ने कारण नभएको बताउँदै आएका छन् । अदालत अघि प्रदर्शनमा राेक लगाउँदै ठूलाे मात्रमा सुरक्षाकर्मी परिचालन गरिएकाे छ ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ भने अनुसन्धानमा सहयोग र्पुयाउन काठमाण्डौबाट प्रहरीको विशेष अनुुसन्धान टोली पनि चितवन आएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता