पोख्रेबुडमा निःशुल्क आँखा जाँच शिविर

दार्जिलिङ, ८ भदौँः दार्जिलिङ जिल्ला पुलिस र दार्जीिलड यूमा नर्सिडं होम (अमिताबा आई सेन्टर)को संयुक्त आयोजनामा आज सुके पोखरी ओ सी इफटीकर उल हसानको विशेष उपस्थितिमा निःशुल्क आँखा जाँच शिविर कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रम यहाँको हाटबजार सार्वजनिक भवनमा सम्पन्न गरिएको थियो।विशेष यस क्षेत्रका आँखा रोगीहरूलाई लिएर आयोजना गरिएको यस शिविरमा दार्जीिलड जिल्ला अस्पतलबाट आएका आँखा रोग विशेषज्ञ डाक्टर जामयांग ग्यास्सो, यूमा नर्सिडं होम अस्पतलका डाइरेक्टर डाक्टर दावा भूटिया, नर्स तथा अन्यले स्थानिय तथा संलग्न क्षेत्रका रोगीहरूको कम्प्यूटरराइस मशिनको प्रयोग गरी आँखा जाँच गर्दै उचित परामर्श दिए। कार्यक्रममा पोख्रेबुड एरियाका एसआई सञ्जय छेत्री, ज्योति राई लगायत सिभिक पुलिसहरूको बाक्लो उपस्थिति रहेको थियो। १२ जना बीपिएल रोगिहरूको मोतिविन्दु (आँखा) सम्बन्धी ओप्रेसन निःशुल्क रुपमा दार्जीिलड अस्पतलमा नै गरिने सुके पोखरी ओसी इफटीकर उल हसनले कार्यक्रममा जानकारी गराएका छन्।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता