इलामको भञ्ज्याङमा ट्याक्टर दुर्घटना हुदा चालक कृष्ण वहादुरको मृत्यू , दुईजना घाइते


इलाम, ८ भदौँ, इलाम नगरपालिका ९ गोलाखर्क स्थित मेचिराजमार्गमा शनिकार ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।   माई खोलाबाट इलाम तर्फ आउदै गरेको  को १ त २२४५ नम्बरको ट्याक्टर आफै अन्यन्त्रित भई पल्टिदा ट्याक्टर चालक  इलाम नगरपालिका ९ निगुरे बस्ने नर बहादुर लम्जेलको छोरा बर्ष १७ को कृष्ण बहादुर लम्जेलको घट्‍ना स्थलमानै मृत्यू भएको  छ । त्यस्तै  ट्याक्टरमा पछाडि सवार सोही स्थान बस्ने बर्ष २५ की शान्ता बसेल र सोही स्थान  बस्ने बर्ष ८ को बिजय बलमासेल सामान्य घाईते भई निजहरुको हाल इलाम अस्पतालमा उपचार भई रहेको, ट्याक्टर घट्‍ना स्थनै रहेको जिल्ला प्रहरी कार्यालय इलमले जानकारी गराएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता