बाल दिवसको अवसरमा म्याराथन दौड

इलाम, २८ भाद्रः राष्ट्रिय बाल दिवसको अवसरमा इलाम सदरमुकामस्थित एक विद्यालयले शनिबार म्याराथन दौड आयोजना गरेको छ । इलाम नगरपालिका वडा नं. ७ मा रहेको निजी विद्यालय मन्टेश्वरी सेकेण्डरी स्कुलले आफ्ना विद्यार्थीहरुको लागि म्याराथन दौड गराएको हो । म्याराथनमा जम्मा ८१ विद्यार्थीहरू समावेश रहेका थिए । जसमा छात्र ५३ र छात्रा २८ जना समावेश भएका थिए । म्याराथन दौडको उदघाटन विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष डम्बरकुमारी देवानले रिबन काटेर गर्नु भएको विद्यालयका शिक्षक संजिव राईले जानकारी दिएका छन् । स्मरण रहोस भोलि भाद्र २९ गते आइतबार "सुनिश्चित बाल अधिकार समृद्ध नेपालको अधार" भन्ने नारा सहित राष्ट्रिय बाल दिवस नेपाल भर मनाईदैछ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता