दोस्रो स्काउटर पुनर्मिलन कार्यक्रम सप्पन्न

इलाम, २८ भाद्रः आगामी मंसिर महिनाभित्र जिल्ला क्याम्पोरी गर्ने निर्णय गर्दै दोस्रो स्काटर पुनर्मिलन कार्यक्रम इलाममा सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाई इलामका निमित्त प्रमुख तथा नेपाल स्काउट जिल्ला परिषद अध्यक्ष डम्बरबहादुर सुबेदीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन क्षेत्र नं. ३ का संयोजक अर्जुन शर्माबाट भएको थियो । कार्यक्रममा करुणा फाउन्डेशन इलाम प्रमुख, नेपाल रेड्क्रस सोसाइटी इलामका सभापति देवी गौतम, उद्योग वाणिज्य संघ इलामका कोषाध्यक्ष सन्तोष भक्तराज, प्रहरी निरीक्षक उद्धव पोख्रेल लगायतले शुभकामना मन्तब्य राखेका थिए । उक्त कार्यक्रमको अवसरमा गत २०७४ सालमा संचालन भएको स्काउट शिक्षक तालिममा रु १ लाख ५० हजार रुपैंयाँ आर्थिक सहयोग गरेबापत करुणा फाउण्डेशन नेपाल इलामलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । 
जिल्ला भरिका ४० माध्यमिक विद्यालयका ७५ स्काउटर (स्काउट शिक्षक)को सहभागिता रहेको कार्यक्रमको दोस्रो सत्रमा क्षेत्रीय संयोजकबाट रिपोर्टिङ राखिएको थियोे । हालसम्म जिल्ला भरिका २२ मा.वि.मा संचालन भएको स्काउट शिक्षा यस वर्ष भित्र थप १५ विद्यालयले दर्ता गर्ने प्रतिबद्धता जनाएका छन् । ४ वटै क्षेत्रमा क्षेत्रीय क्याम्प सम्पन्न भईसकेकोले आगामी मंसिर भित्र जिल्ला क्याम्पोरी गर्न जिल्ला आयुक्त कृष्णकुमार घलेको संयोजकत्वमा १५ सदस्य आयोजक समिति गठन गरिएको छ । जुन क्याम्पोरीमा स्काउट सम्बन्धि विभिन्न खेलका स्टलहरु र क्षेत्रीय क्याम्पबाट विभिन्न ६ विधामा छनोट भएका स्काउट विद्यार्थीको जिल्लामा प्रतिस्पर्धा हुने क्षेत्र नं. ३ का संयोजक अर्जुन शर्माले बताएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता