‘प्रधानमन्त्रीलाई जलाईन्छ, प्रचण्ड मारेर मासु खाइन्छ भनेर कराएको कराइछन् कुनै कारबाही छैन , कति स्वतन्त्रता चाहिन्छ : प्रचण्ड (भिडियाे सिहत)

इलाम । नेकपाका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक मुल्यमान्यता बोकेको संविधानमा पुर्ण प्रेस स्वतन्त्रता राख्न पहल गर्न पहल गर्ने पार्टीले मिडियामा अंकुश लगाउन खोज्ने भन्ने कुरा कल्पना गर्न नसकिने दाहालले बताए । ‘तर त्यो आरोप चाही कम्युनिष्ट पार्टी भएकाले हिसाबले त्यतीकै लगाउने प्रचलन विश्वभर कल्चर छ ।’ उनले भने ‘प्रधानमन्त्रीलाई जलाईदिन्छु मारिदिन्छु भनेको छ । कराएको छ प्रचण्डलाई जिउदै मारेर मासु खाने भनेको छ त्यसलाई पनि कारवाही छैन । यस्तो संसारकै कुन देशमा छ प्रधानमन्त्रीलाई मनपरी गाली गरेर हिडन पाउने पार्टीका नेतालाई यसरी अर्नगल प्रचार गरेर हिडन पाउने मानिसलाई भ्रमित पारेर हिडन पाउने त्यस्तो स्वतन्त्रा विश्वको कुन चाही लोकतान्त्रिक देशमा छ ।’ जसले जे गरे पनि दिन नहुने उनले बताए । ‘देशमा लोकतन्त्र छ प्रेस स्वतन्त्रताको पनि एउटा मान्यता छ । हामी साचौ उदारवादी छौ । अरु पार्टीले दिन्थे त ।’ प्रेस स्वतन्त्रलाई मर्यादित बनाउने कुरा बिचारणीय रहेका दाहालको भनाई थियो ।
हेर्नुहाेस भिडियाे


प्रधानमन्त्री सिङगापुर जानु अघि माधवकुमार नेपालसंग केही तिक्ता भएपनि स्विकार गर्दै अहिले अवस्था सामान्य भएको बताए । ‘ प्रधानमन्त्री सिङगापुर जानु अघि माधव नेपालसंग तिक्ता पक्कै भएको हो । तर सचिवालयको बैठकमा गहन छलफलपछि अहिले अवस्था सामान्य बनेको छ ।’ गुटबन्दीले कसैको पनि हित नहुने बताउँदै दाहालले गुटबन्दीलाई रोकेर सिङगो पार्टीपंक्तीलाई एकताबद्ध बनाएर अगाडी बढाउन आफु कटिवबद्ध रहेको बताए । उनले परिणात्मक भन्दा पनि सरकार गुणात्मक परिर्वतनको दिशा तर्फ अघि बढेको बताए । दाहालले ३ तहको सरकार निर्माण आफैमा गुणात्मक परिर्वतन भएको स्पष्ट पारे । ऐन कानुन बनाउन आफैमा चुनौतीपुर्ण कार्य भएको उल्लेख गर्दै दाहालले ५० औ कानुनहरु बनाउन झन्डै १ बर्ष लागेकाले सरकारबाट अपेक्षा अनुरुपका भएको नदेखिएको हो । ‘ जनताले ऐन कानुन बनाउने कुरा सामान्य देख्छन पत्रकार साथीहरुलाई थाहा छ कति जटिल छ भन्ने बारेमा ।’ कसैले होहल्ला गर्दैमा जनताले लोकतान्त्रिक विधीबाट बनाएको संविधान र सबैभन्दा बढी मौलिक अधिकार भएको संविधान कसैले कमजोर बनाउन सक्दैन उनले भने ‘यो सिस्टम ल्याउन ७० बर्ष जनताले लडेर ल्याएको हो केही मान्छे कराउँदैमा उल्टिने भन्ने पनि होइन ।’


केही समयदेखी निरंकुशतावादीहरु एयरपोर्टमा गएर राजतन्त्रको पक्षमा नारा लगाउने गणतन्त्रको विरोधमा नारा लगाउने गलत भएको बताए । ‘नेतालाई सुन्ने नसक्ने गरी गाली गर्ने देखिएको प्रवितृलाई गम्भिर रुपमा लिनु पर्ने दाहालले बताए । हिजो मात्रै राष्ट्रपतीलाई इन्द्रजात्रामा कालो झन्डा देखाउन खोजेर भन्ने सुनियो । यस्ता गतिविधी आउन खोजेका छन त्यसले हाम्रो समृद्धिको यात्रा सवै मिलेर विकासमा जाने भनिएको छ त्यसबारेमा खण्डन गर्नुपर्छ भनेर जनतलाई भनिएको हो । अहिले संवैधानिक यात्रामा खतरा आयो भन्ने चाही होइन । ’ उनले भने ‘बालुवाटारमा प्रधानमन्त्रीले बोलाएको बैठकमा सवै दलले संविधानमा सहमती नै जनाए ।’ मिडिया काउन्सिल विधेयकको बिषयमा बोल्दै दाहालले संंचारमाध्यम र मिडियामाथी अंकुश लगाउने मनसाय नभएको उल्लेख गरे ।
‘ मिडिया काउन्सिल विधेयकलाई संंविधानको मर्म अनुसार संसोधनमा विमती छैन ।’ उनले भने ‘ विधेयकमा कमी कमजोरी भए सच्याउन तयार छौ ।’ कोही पनि जबज र २१ औ शताव्दीको जनवादको विरोधमा नभएको बताउँदै दाहालले आगामी महाधिवेशनलाई अझै छलफल गरेर परिस्कृत बनाउने र त्यो नहुँदासम्म अहिलेलाई समाजवाद उन्मुख जनताको जनवाद भन्ने सहमती भएको बताए । आज देशको आवश्यकता र पार्टीको आवश्यकतालाई हेरेर सरकारलाई अस्थिर बनाउन नचाहेको दाहालले बताए । एउटा सहमती भएपछि त्यही अन्तिम भन्ने नभएको उनले बताए । ‘हिजो सहमती भएको छ त्यही हुनुपर्छ भन्ने होइन पाचै बर्ष यो सरकार चले पनि हुन्छ ।’ उनले भने ‘जनताको चाहना सरकारको काम छिटो गर्नुस भन्ने छ त्यो हामीले महसुस गरेका छौ । पार्टी एकता टुङिगएर अभियान जाओस भन्ने कार्यकर्ताको चाहना महसुस गरेका छौ ।’ चुनावी गठबन्धनपछि सरकार केपी ओलीको नेतृत्वमा हुन्छ भन्ने कुराको स्मरण गर्दै भने ‘ चुनावपछि पुरै अवधीको प्रधानमन्त्री बहुमतबाट आएको पनि थियो तर मैले आजको देश, जनता र कम्युनिष्ट आन्दोलनको को आवश्यकता एकता भनेर छोडेर आएको छु भने मलाई प्रधानमन्त्री बन्न हतार छ भनेर भनियो भने म माथी अन्याय हुन्छ भन्ने लागेको छ ।’
संघिय समाजवादीसंग संविधान संसोधनको बिषयमा ३ बुदे सम्झौतापछि सरकारमा सहभागी भएको बताउँदै भने ‘ संविधान लचिलो हुनुपर्छ आवश्यकता अनुसार संसोधन गर्न सकिनेछ । तर समाजवादीसंग भएको सम्झौतामा आजै भोली नै परिर्वतन गर्ने भन्ने छैन । ’ रासस
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता