बाल दिवसको अवसरमा पञ्चकन्यामा साँस्कृतिक कार्यक्रम

देउमाई, २९ भाद्रः राष्ट्रिय बाल दिवसको अवसरमा देउमाई नगरपालिकास्थित एक विद्यालयमा आईतबार साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । करुणा फाउण्डेशनको आर्थिक सहयोगमा देउमाई न.पा. ६ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको समावेशी बाल क्लबले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम सो विद्यालय नजिक रहेको इभान्जेलिना अंग्रेजी स्कुल तथा सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।
गायन, नृत्य तथा नाटक विधाहरु समावेश भएको साँस्कृतिक कार्यक्रममा सो माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलक साउदेन, प्रधानाध्यापक भरत राई, शिक्षक प्रमोद रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा कक्षा ८ मा अध्यनरत विद्यार्थीहरुद्धारा मञ्चन गरिएको बालश्रम हटाऊँ नामक नाटक प्रमुख आर्कषणको रुपमा रहेको हाम्रा प्रतिनिधिले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता