विप्लप समूहका झापा जिल्ला सेक्रेटरी पक्राउ

बिर्तामोड, ३० भाद्रः झापा प्रहरीले बिर्तामोडबाट नेकपा विप्लप समूहका नेता पक्राउ गरेको छ । विप्लपका दुई जना नेतालाई प्रहरीले आइतबार पक्राउ गरेको हो । झापा जिल्ला सेक्रेटरी प्रबिन मिश्र (मनिष) र अर्का जिल्ला सदस्य टीका पोखरेललाई विषेस  सूचनाको आधारमा पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । 
उनीहरुलाई प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोसाकमा खट्टिएको प्रहरी टोलीले बिर्तामोडबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठ भने उनीहरुलाई पक्राउ गरेको विषय आफूलाई जानकारी नभएको बताउँछन् । पक्राउ परेका उनीहरुलाई  जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता