दार्जिलिङका चिया मज्दुरको पक्षमा गोजमुका अध्यक्ष विनय तामाङ, पाँच दिन देखि अनसनमा

इलाम, २३ असोजः दर्जिलिङका चिया मज्दुरहरुलाइ  २० प्रतिशत दशैँ बोनस नदिएको भन्दै आन्दोलित चिया मज्दुरहरुको पक्षमा विनय तामाङ उभिएका छन् । चिया मज्दुरहरुले दशैँ अघिदेखिनै दार्जिलिङमा बन्द, र्यालीहरु गर्दै आई रहेका छन् । गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङले पनि मज्दुरहरुको सर्मथन गर्दै  पाँच दिन देखि अनसनमा रहेका छन् । 
चिया मज्दुरहरुको आन्दोललाई वेवस्ता गर्दै आएका चिया कमान मालिक र चिया मज्दुर विच पश्चिम वंगला सरकारले ११ तरिक (असोज २४) मा मिटीङ बोलाएर समस्या समाधान गर्न अग्रसर भएको छ । दार्जिलिङको मोडर स्टेण्डमा आनसनरत तामाङले आफु सधै मज्दुरको पक्षमा रहेको र अन्यायको विरुद्धमा लडिरहेने वताएका छन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता