दार्जिलिङमा चिया मज्दुरहरुको आन्दोलन जारी, कमान मालिकहरु मौन

सुकेपोखरी, २३  आसोजः  दशैँ अघिदेखि आन्दोलित भएका दार्जिलिङका चिया मज्दुरहरु अझै पनि आन्दोलमै छन् । विगत ५ दिन देखि गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङ अनसनमा रहेका छन् । बुधबार पनि मज्दुरहरुले सुके मानेभन्ज्याङ समष्टिको तत्वावधानमा सुकेपोखरी बजार  कान्डल जुलुस अनि प्राथना सभाको आयोजना गरियो । 
कमान मालिकको मौनताको प्रतिवाद गर्दै जुलुस अनि प्राथना गरियो ।सुके बजार परिक्रमा गरे पश्चात सुके राम मन्दिर परिसरमा पुगेर प्राथना सभामा परिणत भइ अध्यक्ष तामाङको सुस्वास्थ्यको कामना गरियो । समष्टि सभापति बुद्ध  तामाङले सम्बोधन गर्दै आमरण अनसनमा बसेका छन् सम्माननीय अध्यक्ष बिनय तामाङको स्वास्थ्यको कामना गरियो बगान मालिकको मौनता अनि दमन नितिको प्रतिवादमा समष्टिको बिभिन्न स्थानमा जुलुस आयोजना गरिएको जानकारी गराए। समष्टिको राङभाङ क्षेत्रका बुथ नम्बर  २३ २६९ मा पनि कान्डल जुलुस अनि प्राथना सभा आयोजना गरिएको जानकारी समष्टि सयुक्त सचिव फुबॉ छिरिङ शेर्पाले जानकारी गराएका छन् ।
यस्तै चियाकमानमा खटीखाने श्रमिकवर्गको हक अनि अधिकारको निम्ति  आफ्नो  प्राणको बाजी लगाएर आमरण अनशनमा बस्नु भएका अध्यक्ष  विनय तामाङ ज्युको मनोबल अडीग‌ रहोस र चाँडै लक्ष्य प्राप्त होस् भन्ने हेतूले ईश्वरसित बलबिन्ती एवं प्रार्थना गर्दै बूथ संख्या २३३५ (बतासे–भीरगाऊ, ढाडगाऊ–थापागाऊ)सुके मानेभन्ज्याङ समष्टिका गोजमुमो पार्टी कार्यकर्ताहरूले प्रथना समेत गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता